नर्भिकद्वारा ‘पोस्ट कोभिड प्याकेज’ घोषणा

काठमाडौं । पछिल्ला दिनमा नेपालमा कोभिड–१९ को पीसीआर रिपोर्ट नेगेटिभ आएपछि पनि ज्यान गुमाउनेहरुको संख्या बढ्न थालेको छ । कोभिड निको भइसकेपछि पनि स्वास्थ्य समस्याका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले नर्भिक इन्टरनेशनल हस्पिटलले सस्तो दरको ‘पोस्ट कोभिड प्याकेज’को घोषणा गरेको छ । अस्पतालले कोभिडपछिका स्वास्थ्य समस्या निदान गरी बढिरहेको पोस्ट कोभिड मृत्युदरलाई घटाउने उद्देश्यले सस्तो दरको प्याकेज घोषणा गरेको दाबी गरेको छ ।
नर्भिक अस्पतालका अनुसार दुई प्रकारका प्याकेज घोषणा गरिएको छ । सस्तो दररेटको प्याकेज रु। ७ हजार ५०० मा उपलब्ध गराइने अस्पतालले जनाएको छ । “यो प्याकेजअन्तरगत बिरामीको सीबीसी, कोभिड एन्टिबडी, सीआरपी, डी डाइमर, चेस्ट एक्स रे लगायत जाँचको सुविधा उपलब्ध छ । यही शुल्कमा विशेषज्ञ चिकित्सकहरुको परामर्श सेवा समेत उपलब्ध हुनेछ,” अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ, “चेस्ट एक्स रेको ठाउँमा कसैले सीटी स्क्यान गर्न चाहे त्यस्तो प्याकेजको रेट भने केही बढी पर्नेछ । सीटी स्क्यानसहितको प्याकेजको रेट १४ हजार ५०० रुपैयाँ पर्ने छ ।”
सामान्य आर्थिक अवस्था भएका बिरामीले पनि कोभिडपछि आउने स्वास्थ्य समस्याको सरल, सहज र सस्तो दरमा समाधानको अवसर पाउने अस्पतालको दाबी छ ।
यी दुईमध्ये आफ्नो सुविधाअनुसारको प्याकेज लिनका लागि इच्छुकले अस्पतालको सम्पर्क नम्बरमा फोन गरेर अग्रिम बुक पनि गर्न सक्ने सुविधा उपलब्ध गराइएको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए । अस्पतालमै आएर पनि पोस्ट कोभिड प्याकेज लिन सकिनेछ ।
















पहुँचका भरमा सवारी सुुविधा लिइरहेकाबाट फिर्ता गराइँदै
सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै घर भत्काइयो
जिफन्टद्वारा नौबुँदे घोषणापत्र सार्वजनिक
नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
प्रतिक्रिया