ठूलो अंकले फेरी घट्यो नेप्से

काठमाडौँ । बजेट आउनुभन्दा केही दिन अघिदेखि हिजो आइतबार लगातार उकालो लागेको शेयर कारोबार मापक नेप्से आज ठूलो अंकले ओरालो लागेको छ ।
बजर परिसुचक ४५ दशमलब २५ अंकले घटेर २ हजार ७ सय ८२ दशमलब ६८ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १ दशमलब ६ प्रतिशतले कमी रहेको स्टक एक्सचेञ्जले जनाएको छ ।
सोमबार कारोबार भएका कम्पनी समुहका उपसुचकमध्ये मिच्युल फण्ड बाहेक अरु सबैले घाटा ब्यहोरेकाले बजार परिसुचकमा ओरालो लागेको हो ।
कूल २ सय १८ कम्पनीको १ लाख ४८ हजार ७ सय १५ कम्पनीका १३ अर्ब ९० करोड ९१ लाख १३ हजार २ सय ९१ रुपैयाँ बराबरका ३ करोड ८ लाख ८८ हजार ६ सय ९५ कित्ता शेयर किनबेच भएका छन् ।
नेपाल धितोपत्र बोर्डले जलविद्युत कम्पनीलाई हकप्रद सेयर जारी गर्न रोक लगाउने भएको छ । पछिल्लो समय घाटामा रहेका जलविद्युत आयोजनाहरुल पनि पैसा संकलन गर्ने नाममा हकप्रद जारी गर्ने लहर चलेसँगै बोर्डले त्यसलाई रोक लगाउन लागेको हो ।
सेयर बजारसम्बन्धी नियमन तथा अनुगमन गर्ने आधिकारिक निकाय धितोपत्र बोर्ड भएपनि बोर्डले सक्रिय रुपमा आफ्नो भुमिका निभाउन नसकिरहेको गुनासो बढिरहेको बेला बोर्डले पछिल्लो समय सक्रियता बढाएको हो ।
केही समयअघि बजारमा भइरहेको सेयर कर्नरिङ र सर्कुलर ट्रेडिङको अनुसन्धान अघि बढाएको बोर्डले जलविद्युत क्षेत्रमा भइरहेको विकृतिमा रोक लगाउन हकप्रद सेयर जारी गर्न रोक लगाउने भएको हो ।

















अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः बलामी
अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया