काेराेना संक्रमितकाे शव व्यवस्थापनमा नेपाल स्काउट

विराटनगर : नेपाल स्काउटले कोरोना सङ्क्रणबाट निधन भएकाको शव व्यवस्थापनमा सघाउन थालेको छ । स्काउटको प्रदेश नं. १ को राजधानी विराटनगरमा आज स्काउटको प्रदेश तदर्थ समितिका संयोजक रवी खनालको नेतृत्वमा नेपाली सेनाबाट तालिम प्राप्त स्काउटकर्मीको टोलीले विराटनगरका ५४ वर्षीय पुरुषको शव व्यवस्थापन गरेको हो ।
यसअघि नै सङ्क्रमितको शव व्यवस्थापनका निम्ति प्रदेश नं. १ का झापा, मोरङ र सुनसरी जिल्लाका ४२ स्काउटरलाई नेपाली सेना पूर्वी पृतना हेडक्वाटर र नम्बर २ बाहिनी अड्डा, हिलेले तालिम दिएको थियो । स्काउट प्रदेश कार्यालयका प्रदेश अधिकृत नवराज घिमिरेका अनुसार बेलबारी, रङेली, धरान, दमक, बिर्तामोड र भद्रपुरमा पनि स्काउटले शव व्यवस्थापन गर्ने तयारी गरेको छ ।
उनका अनुसार शव व्यवस्थापनका लागि खटिएका स्काउट स्वयंसेवकलाई अलग्गै बस्ने व्यवस्थापन गरिएको छ । स्काउटले स्वास्थ्य परामर्श प्रदान गर्ने उद्देश्यले ‘डाक्टर अन कल हेल्पलाइन’ लगायत विभिन्न सेवा पनि सञ्चालन गरिरहेको छ ।










एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने सरकारकाे निर्णय
जेनजी सुशासन योद्धा : भट्ट परिवारको सहारा, कान्छो ढल्यो…
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपिएलः रोहित बने ह्याट्रिक गर्ने दोस्रो बलर
प्रतिक्रिया