मर्जर हुने वित्तिय संस्थाले राष्ट्र बैंकको पत्र पाउने
मेरोन्यूज
२०७८ जेठ १८ गते १२:०४

काठमाडौं । मर्जर प्रक्रिया अगाडी बढाएका ४ वटा वित्तय संस्थाले नेपाल राष्ट्र बैंकबाट पत्र पाउने भएका छन् ।
हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक तथा नवील बैंक र यूनाइटेड फाइनान्सबीचको जारी मर्जर प्रक्रियालाई राष्ट्र बैंकले लेटर अफ इन्ट्रेस्ट (एलओआई) दिने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकको आज मंगलबार विहान बसेको बोर्ड बैठकले हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक तथा नवील बैंक र यूनाइटेड फाइनान्सलाई मर्जरका लागि एलओआई दिने निर्णय गरेको हो ।
एलओआई पाएपछि अब यी संस्थालाई मर्जर प्रक्रिया तीव्र गतिमा अगाडि बढाउन सहज हुने राष्ट्र बैंकले जनाएको छ ।
हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच बैशाख ३० गते मर्जर सम्झौता गरेको थियो ।
त्यस्तै, नबिल बैंकले यूनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने गरी बैशाख १७ गते सम्झौता गरेको थियो ।
सम्बन्धित













Around 300,000 foreign tourists visit Annapurna area in 2025
Slight rise in gold and silver price
काभ्रेमा तीन लाख २६ हजार मतदाता, चार सय मतदान केन्द्र
गोरखाको छेकम्पारमा आगलागी हुँदा एकजना घाइते
पुस २८ भित्रै कांग्रेसकाे विशेष महाधिवेशन गर्न माग
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
सामाजिक सञ्जालकाे होहल्ला हेर्दा विचारविहीनले देशै कब्जा गरिसके भन्नेजस्तो छ : प्रचण्ड
तेक्वान्दो टोली चीन प्रस्थान
कुखुरा, बाख्रा र स्यालकाे मोर्चाले बाघको सिकार गर्न सक्दैन : ओली
प्रतिक्रिया