नाच्न नआउने हुनाले गुण्डा बनेको हुँ : दिनेश डिसी

काठमाडौँ । बाल्यकालदेखि नायक बन्ने ईच्छा भएपनि नृत्यमा कमजोर भएकाले चलचित्रमा खलनायकको भुमिकामा देखिएको कलाकार, निर्देशक तथा निर्माता दिनेश डिसीले जनाएका छन् ।
आफूलाई नाच्न नआउने भएकै कारण ५५ वटा फिल्ममा खलनायकको अभिनय गरेको उनले बताए ।
आफू अभिनीत फिल्म ‘घाम छाँया’ को ‘पहिलो भेटमै’ बोलको गीतको एक टुक्रा टिकटकमा भेटिएपछि उनले सामाजिक सञ्जालमा शेयर गर्दै लेखेका छन्, ‘हिरो हुने मन कसलाई हुँदैन र ? मलाई पनि थियो । तर, नाच्न नआउने हुनाले मैले करीब ५५ वटा फिल्ममा भिलेनकै अभिनय गरेँ ।’
निर्देशक किशोर रानाले वकिलको रोल हो र गीत छैन भनेपछि उनले ‘घाम छाँया’ मा अभिनय गरेको जनाएका छन् ।
फिल्ममा काम गर्दाको क्षण स्मरण गर्दै उनले लेखेका छन्, ‘निर्देशक किशोर रानाले एउटा फिल्ममा हिरोमा अफर गर्नुभयो, ‘घाम छाँया’ (२०५७) । वकिलको रोल हो र गीत छैन भनेपछि मैले अभिनय गरेँ । तर, पछि एउटा गीत राखियो ।
वकिलले गर्ने डिसेन्ट मुभमा गीत खिच्छु भनेर मलाई नृत्य निर्देशक बसन्तजं रायमाझीले कन्भिन्स गराए । अभिनेत्री थिइन्, सुष्मा कार्की ।’
टिकटकले पुरानो याद ताजा गराएकोमा उनले खुसी व्यक्त गरेका छन् । यो फिल्मका निर्देशक राना, नृत्य निर्देशक रायमाझी र कलाकार कार्कीको निधन भइसकेको छ ।
दिनेश डिसीले अभिनयसँगै ‘मायाज् बार, फूलै फूलको मौसम तिमीलाई र छ एकान छ’ फिल्मको निर्देशन पनि गरेका छन् । अहिले उनी कान्तिपुर टिभी र कान्तिपुर रेडियोको स्टेशन म्यानेजरको रुपमा कार्यरत छन् ।














फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल
पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटक घटे
विधानअनुसार अघि बढे पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
प्रतिक्रिया