आजको राशिफलः ज्येष्ठ १९ गते बुधबार

काठमाडौं । आज २०७८ साल ज्येष्ठ महिनाको १९ गते बुधबार, ज्येष्ठ कृष्णसप्तमी तिथि, उपरान्त अष्टमी तिथि । अब लागौं आजको राशिफलतर्फ
मेष
समय सकारात्मक रहेको छ । मान सम्मान र कीर्ति प्राप्त हुने छ । मनोकामना पुरा हुनेतर्फ जाने छ । आम्दानीमा बृद्धि हुने छ । पेशागत जीवनमा पनि सकारात्मक अवस्था रहने छ । बोलीको प्रभाव बढ्ने छ । भाग्यको बलियो साथ रहेकाले आँटेका कामहरुमा जाँगर पैदा हुने छ । दुध, पानी, गाईपालन, बोडिङ्ग स्कूल, कलेज तथा विश्वविद्यालय, शिक्षा क्षेत्र, अध्ययन अध्यापन, पेय पदार्थ, मदिरा, आदीमा सहभागिहरुको आम्दानी बृद्धि हुने छ ।
वृष
जीवनपद्धतिमा सहजता आउन थाल्ने छ । आत्माबल उच्च हुने छ । भाग्यको साथ रहेकाले आम्दानीमा पनि बृद्धि हुने छ । तर साझेदारीमा गरिएका कामहरुमा भने समस्याहरु दखा पर्न थाल्ने छ । पेशागत जीवनमा प्रगति हुने छ । कामको कदर हुने छ । यससँगै रिसाहा ब्यक्तित्व हुने भएकाले यसबारेमा ध्यान दिनु होला । अरुले कडा शैलीको ब्यक्तित्व भएको आभाष गर्ने छन् । चार्टड एकाउन्टेण्ट, उद्योग, कलकारखाना, आयात निर्यात, लेखा व्यवसाय, ढुवानीका सवारीसाधन, औषधीको आपूर्ति आदीमा संलग्नहरुलार्य समय शुभ रहेको छ ।
मिथुन
भाग्य बलियो रहेको छ । पेशागत जीवनमा महत्वपूर्ण जिम्मेबारी संहाल्नु पर्ने समय छ । कार्यालयमा रोजगारी गर्नेहरुले आफु भन्दा तलका कर्मचारीसँग भने सतर्क रहनु होला । उद्योग प्रतिष्ठान तथा कार्यालयमा श्रम समस्या गम्भीर बनेर देखा पर्ने छ । मनोबल उच्च हुने भएकाले दृढ ब्यक्तित्व हुने छ । तर रिस भने अत्याधिक कडा खालको हुने भएकाले संयमित रहने प्रयास गर्नु होला । जीवनसाथिको सल्लाह लिएर काम गरेमा फाईदा मिल्ने छ । राजनीति, श्रम क्षेत्र, ठेक्कापट्टा, छालाजन्य कारोवार, औषधीको कारोवार, गरगहनाको ब्यापार, न्याय क्षेत्र, प्रशासन, आदीमा सहभागिहरुलाई समय प्रतिकुल रहेकाले संयमित रहनु होला ।
कर्कट
समय प्रतिकुल खालको चलिरहेकाले धैर्य रहनु होला । रोजगारी तथा तथा व्यवसायमा समस्याहरु देखा पर्न थाल्ने छन् । साझेदारीमा गरिएका काममा पनि समस्याहरु देखा पर्ने छन् । सन्तानबाट पनि सुख प्राप्त हुने छैन् । मनमा अत्याधिक उदासिनता देखा पर्ने छ । मनमा निराशा भावले पिरोल्ने छ ।समय प्रतिकुल रहेकाले गर्न खोजेको काममा निकै ढिला गरि मात्र नतिजा प्राप्त हुने छ ।स्टेशनरी, लेखन, अध्ययन, अध्यापन, शिक्षा क्षेत्र, शिक्षक, विद्यालय, कलेज, प्रेस जगत, होटल, रेष्टुरेण्ट, आदीमा संलग्नहरुका लागि समय प्रतिकुल रहेको छ ।
सिंह
आम्दानी गर्नु पर्दछ भन्ने मनोबलमा ब्यापक बृद्धि हुन पुग्दा आम्दानी बढाउन अग्रसता लिने ब्यक्तित्व हुने छ । पेशाप्रति समर्पित हुने र मेहनत गर्न मन लाग्ने छ । हाकिमसँग तादम्यता कायम हुने छ । साझेदारीमा गरिएका काममा केही प्रगतिहरु देखा पर्ने छन् । दाम्पत्य जीवनमा मधुरता छाउने छ । राजनीति, ब्यवस्थापन, संचारकर्मी, पत्रकारिता, वाणिज्य, बजारीकरण, सञ्चार क्षेत्र, ब्यापार विजनेश आदी जस्ता क्षेत्रमा संलग्नहरुलाई फाइदा मिल्ने समय सक्रिय छ ।
कन्या
संयमित रहनु पर्ने समय रहेको छ । पेशागत जीवनमा शत्रुता बढ्न पुग्ने छ । आम्दानीमा ह्रास आउने छ । दाम्पत्य जीवनमा पनि कठिनाई र बिबाद चर्किने छ । मनमा दुविधा र अत्याधिक बढि विचारहरु आएर अन्योलतामा पारि दिने छ । साझेदारीमा गरिएका काममा पनि अवरोधहरु आउने छन् । सरसापटीको कारोवार गर्दा निकै ध्यान दिएर मात्र गर्नु होला । ब्यवस्थापन, पत्रकारिता, वाणिज्य क्षेत्र, मेडिकल क्षेत्र आदीमा सहभागिहरुलाई भने समय अनुकुल बन्ने छ ।
तुला
भित्रि बुद्धि सक्रिय हुने छ भने चलाखीपनामा पनि तिब्रता आउने छ । पेशागत जीवनमा उन्नति प्रगति हुने छ । तर जति नेतृत्वदायि अपेक्षा गरिएको हुन्छ उक्त क्षमतामा भने गिरावट आउने छ । ब्यवस्थापन क्षमतामा पनि कमि आउने भएकाले यसबारेमा निकै ध्यान दिनु होला । अध्ययन अध्यापनमा तिब्र मन जाने छ । जीवनसाथिको सल्लाहमा काम गरेमा प्रगति हुने छ । राजनीति, लेखन, पत्रकारिता, गरगहरनाको ब्यापार, व्यवस्थापन, प्रकाशन गृह, वाणिज्य, बैंकिङ्ग जस्ता क्षेत्रमा रहेकाहरुलाई समय प्रतिकुल छ ।
वृश्चिक
परिवारको साथबाट सुख, शान्तिको अनुभुति हुन जाने छ । परिवारका सदस्यहरुले तपाईप्रति विश्वास गर्ने छन् । तर सोचमा भने नकारात्मकताले स्थान पाउने छ । भाग्य बलियो भएकाले नकारात्मक परिस्थितिसँग जुध्न सक्ने मनमा दृढता हुने छ । सकारात्मक दृष्टिकोण कम नकारात्मक विचार बढि हुन पुग्ने छ । शारीरिक थकानका कारण मांसपेशिहरुको कमजोरी देखा पर्ने छ ।सेक्युरिटी पेशा, खेल जगत, जिमखाना संचालन, होटल, रेष्टुरेण्ट घर जग्गाको कारोवार, सुरक्षा फौज, सेना आदी जस्ता क्षेत्रमा सहभागिहरुलाई समय प्रतिकुल रहेको छ ।
धनु
संयमित रहनु पर्ने समय रहेको छ । पेशागत जीवनमा बादबिबाद तथा तानातानमा फस्ने पुगिने छ । मेहनत र पराक्रमी भावमा ह्वात्तै कमि आउने छ । शत्रुतामा बृद्धि हुन जाने भएकाले हरदम यसबारेमा संयमित भएर पाईला चाल्नु होला । भाग्यको साथ नरहेकाले मेहनत धेरै तर फल निकै कम मात्र प्राप्त हुने छ । रोजगारी गरिरहेकाहरुलाई समय औसत छ भने ब्यवसाय गरिरहेकाहरुका लागि भने समय प्रतिकुल बन्न पुगेको छ । राजनीति, ठेक्कापट्टा, गरगहनाको ब्यापार, वाणिज्य, ब्यवस्थापन, पत्रकारिता, स्टेशनरी जस्ता क्षेत्रमा कार्यरतहरुलाई सतर्क रहनु पर्ने समय छ ।
मकर
दृढ खाले ब्यक्तित्व हुने छ तर रिस पनि उत्तिकै उठ्न जाने भएकाले यसबारेमा संयमित हुनु होला । प्रतिष्पर्धात्मक स्वाभाव हुने छ । पेशागत जीवनमा द्वन्द देखा पर्ने छ । आम्दानीमा पनि कमि आउन जाँदा यसले आर्थिक ब्यवस्थापनमा दबाब सृजना गरिदिने छ । पारीवारिक मिलन हुने छ । परिवारको साथ रहनाले कठिन अवस्थाहरुमा पनि संहालिन सक्ने तागत आउने छ । फोहर ब्यवस्थापन, फलाम, उद्योग कलकारखाना, ठेक्कापट्टा, छालाजन्य कारोवार, निर्माण क्षेत्रमा आवद्धहरुलाई समय अनुकुल बन्न पुग्ने छ ।
कुम्भ
ब्यक्तित्वको प्रभाव बढ्न जाँदा सबैको साथ र समर्थन मिल्ने छ । पेशागत जीवनमा प्रगति हुने छ । चलाख ब्यक्तित्व हुने छ । जीवनसाथिको साथ लिएर काम गरेमा प्रगतिको मात्रा अझ बढ्ने छ । आम्दानीमा केही बृद्धि हुन जाने छ । परिवारका सदस्यहरुले विश्वास गर्ने छन् । शत्रु भने धेरै लाग्ने छन् । अर्थात प्रतिष्पर्धी धेरै बन्न पुग्ने छन् । बोलीको प्रभावमा कमि आउने छ । दार्शनिक तर्क वितर्क, लेखन, प्रवचन, सात्विक क्षेत्र, अध्ययन अध्यापन, परामर्श, शिक्षा क्षेत्र, बौद्धिक पेशा जस्ता क्षेत्रमा संलग्नहरुलाई लाभ मिल्ने छ ।
मीन
संयमित भएर पाईला चाल्नु पर्ने समय रहेकाले संयमतासहित हिड्नु होला । अनावश्यक खर्च गर्नै पर्नै अवस्था आउने छ, खासगरी अस्पतालजन्य खर्च बढ्न पुग्ने छ । अध्ययन अध्यापनमा पटक्कै मन लाग्ने छैन् । मनमा दुविधा र अन्योलता देखा पर्ने छ । उदासिनताले डेरा जमाउने छ । भाग्यको साथ नभएकाले संघर्ष धेरै गर्नु पर्ने छ । जीवनसाथिको सल्लाह लिएर कार्य अघि बढाएमा सफलताको मात्रा बृद्धि हुने छ । रोजगारी गरिरहेकाहरुलाई समय औसत रहेता पनि ब्यवसाय गरिरहेकाहरुलाई समय प्रतिकुल छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८









एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया