बजेट घोषणा अनुसार खाद्यान्नमा २० प्रतिशत छुट दिन सुरु

काठमाडौँ । आगामी आर्थिक वर्ष २०७८÷७९ मा राहत सहुलियत र आर्थिक पुनरुत्थानका लागि सरकारी निकायलाई निर्देशन दिएको छ ।
२०७८/७९ को बजेटको “राहात सहुलियत र आर्थिक पुनरुत्थान” कार्यक्रमको बुंदा नं. ५५ अनुसार खाद्य ब्यबस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट बिक्री हुने चामल, पिठो, दाल, नून, खानेतेल, चिनि तथा खाना पकाउने ग्यासको बिक्री मुल्यमा २० प्रतिश छुट दिने व्यवस्थाको कार्यान्वयन सम्बन्धी सूचना रहेको छ ।
बजेटमा अर्थमन्त्री विष्णु पौडेलले निषेधाज्ञा अवधीभर खाद्यका सामाग्रमा छुटको व्यवस्था हुनुपर्ने उल्लेख गरेका छन् । बजेटमा भएको व्यवस्थानुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आफू र साल्ट ट्रेनिङ कम्पनीबाट छुट दिने सार्वजनिक सूचना प्रकाशित गरेको छ ।
मौज्जादमा रहेका अरुवा मोटा चामल, अरुवा मकवानपुर, मसिनो चामल लगायत विभिन्न ९ किसिमका चामलहरु छुटमा दिइने छ । यस्तै कर्णालीको सिमी बढीमा २ किलोग्राम र अन्य चामल अधिकतम ३० किलोग्राम रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।
काठमाडौँ उपत्यकाको हकमा थापाथली, रामशाहापथ, नख्खु र सुर्यविनायकमा रहेको बिक्रि कक्ष कम्पनीले सूचनामा उल्लेख गरेको छ ।
















बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया