आजको राशिफलः ज्येष्ठ २१ गते शुक्रबार

काठमाडौं । आज २०७८ साल ज्येष्ठ महिनाको २१ गते शुक्रबार, ज्येष्ठ कृष्णनवमी तिथि । अब लागौं आजको राशिफलतर्फ
मेष
मनोबल कमजोर हुने छ । आफुले आफैप्रति गर्ने विश्वासमा कमि आउने छ । समय अलि चुनौतिपूर्ण देखिएकाले संयमित रहनु होला । मनमा दुविधा देखा पर्ने छ । बोलीमा प्रभावकारीता देखिएता पनि पारीवारिक जीवनमा केही असमझदारी देखा पर्ने छन् । घर घडेरीसँग सम्बन्धित समस्या देखा पर्ने छ । घर घडेरी बेच्नु पर्ने बाध्यात्मक अवस्था निम्तिन सक्छ । पेशागत जीवन औसत रहने छ । सेक्युरिटी सेवा, होटल, रष्टुरेण्ट, घर घडेरी, सेना, प्रहरी, खेल जगत आदीमा संलग्नहरुलाई समय प्रतिकुल रहेको छ ।
वृष
आत्माविश्वास दृढ बन्ने छ । भाग्य बलियो छ । पेशागत जीवनमा शुभ रहने छ । आम्दानीमा केही बृद्धि हुने छ । रिस कडा प्रकृतिको देखिने छ, रिस नियन्त्रण गर्ने तर्फ ध्यान दिनु होला । पराक्रम र मेहनती स्वाभावमा कमि आउने छ ।साझेदारीमा गरिएका कामहरुमा समस्या देखा पर्ने छ । परिवार प्रति समर्पित हुने दृष्टिकोणमा बृद्धि हुने छ । यात्रामा राखिएको योजनामा समस्या आउने छ । दाम्पत्य जीवनमा कटुता देखा पर्न जाने छ ।
मिथुन
परिवारको साथका कारण कर्म र पेशामा ठुलो मद्धत पुग्ने छ । पेशागत जीवनमा अनुकुल रहने छ । तर आम्दानीमा कमि आउने छ । भाग्यको साथ नहुँदा कार्य सफलता भने प्राप्त हुने छैन ।साझेदारीमा गरिएका कामहरुबाट भने फाइदा मिल्ने छ । दाम्पत्य जीवनमा मधुरता आउने छ । ब्यापार, वाणिज्य, पत्रकारिता, लेखन, वाचन, ब्यवस्थापन, लेखा क्षेत्रमा संलग्नहरुलाई समय प्रतिकुल रहेको देखिन्छ ।
कर्कट
पेशागत जीवनमा गम्भीरखाले समस्या आउने भएकाले आफ्नो पेशामा समर्पित भई काम गर्नु होला । साझेदारीमा गरिएका गरिएका कामहरुका बिबाद देखा पर्न जाने छ । दाम्पत्य जीवनमा पनि बादबिबादले स्थान पाउने छ । अध्ययन अध्यापनमा मन लाग्ने छैन् । मनोबल निकै कमजोर हुने छ । निर्णय क्षमतामा कमि देखिँदा स–साना विषयमा पनि निर्णय लिन कठिनाई देखा पर्ने छ । खेल जगत, ठेक्कापट्टा, होटल, रेष्टुरेण्ट, जिमखाना आदीमा संलग्नहरुलाई समय प्रतिकुल रहेकाले धैर्य भएर पाइला चाल्नु होला ।
सिंह
शारीरिक कमजोरी वा रोगका कारण अस्पतालको खर्च बढ्न पुग्ने छ । सुख शान्तिमा कमि आउने छ । मनोबलमा पनि गिरावट आउँदा कमजोरी महशुस हुने छ । माथिल्लो पेट, ग्याष्ट्रिक, छाति, कलेजो सम्बन्धि समस्या देखा पर्न जाने चुनौति रहेकाले सतर्क रहनु होला । पेशागत जीवन भने शुभ नै रहने छ । आम्दानीमा केही बृद्धि नै हुन पुग्ने छ । सौन्दर्यका सामान, औषधीको ब्यापार, मेडिकल, रंगको कारोवार आदीमा सहभागिहरुलाई समय अनुकुल रहने छ ।
कन्या
मेहनतीपना र पराक्रमी भावनामा गिरावट आउने छ । आम्दानीमा उच्च गिरावट आउने छ । पुरा नै नगर्ने विषयमा महत्वाकांक्षा लिँदा उक्त पुरा हुने छैन जसले धेरै निराशा ल्याउने छ । भाग्यको साथ रहने भएकाले कठिन घडिमा संघर्ष गर्न केन्द्रीत हुने तागत भने पैदा हुने छ । साझेदारीमा गरिएका काममा साझेदारहरुका बीच द्वन्द बढ्न पुग्ने छ । जीवनसाथिको साथ लिएर काम गरेमा आम्दानीमा केही बृद्धि गराउने छ ।
तुला
ब्यापार विजनेशमा पनि धेरै जोखिम मोल्ने समय रहेको छैन् । ब्यापार विजनेशमा घाटा व्योहर्नु पर्ने छ । समय प्रतिकुल चलिरहेकाले संयमित रहनु होला । पेशागत जीवनमा समस्या निम्तिने भएकाले धेरै सतर्क भएर पाइला चाल्नु होला । सिमेण्ट, फलामजन्य सामाग्रीको ब्यापार गर्नेहरु, निर्माण सामाग्री, श्रम जस्ता क्षेत्रमा संलग्नहरुलाई भने केही अनुकुल बन्ने छ । बोलीको प्रभाव कमि हुने भएकाले काम बिग्रिन पुग्न जाने हुँदा यसबारेमा संयमित रहनु होला ।
वृश्चिक
कमजोर शारीरिक अवस्था बन्ने छ । मांसापेशी दुख्ने, उच्चरक्तचाप जस्ता समस्या देखिन जाने छ । कमजोर ब्यक्तित्व हुने भएकाले निर्णय क्षमतामा गिरावट आउने हुँदा अरुले हेप्न खोज्ने छन् । निराशापूर्ण भाव पैदा हुने छ । पेशागत जीवनमा भने ठिकै ठिकै रहने छ । भाग्यको साथ नहुनाले जीवन संघर्षपूर्ण हुने छ । जीवनसाथिको साथ लिएमा सान्त्वना मिल्ने भएकाले सोही अनुसार अघि बढ्नु होला ।
धनु
मनोवलमा ब्यापक गिरावट आउने छ । प्रतिष्पर्धात्मक स्वाभाव भने केही तागत देखा पर्ने छ । मनमा निराशा छाउने छ । होटल, रेष्टुरेण्ट, ठेक्कापट्टा, स्वास्थ्य क्षेत्र आदीमा सहभागिहरुलाई समय प्रतिकुल देखिन्छ । पारीवारिक जीवनमा भने मिलन पैदा हुने छ । बोलीमा कडापना देखिने भएकाले यसबारेमा विचार पु¥याउनु होला । शारीरिक चोटपटक लाग्ने खतरा रहेकाले यसबारेमा ध्यान दिनु होला ।
मकर
पारीवारिक जीवनमा मिलन प्राप्त हुने छ । तर रिस बढि हुन पुग्ने भएकाले यसबारेमा ध्यान दिनु होला । उच्च दृढ ब्यक्तित्व हुने छ । तर दाम्पत्य जीवनमा भने समस्या देखिने छ । अध्ययन अध्यापनमा मन लाग्ने छैन् । साझेदारीमा गरिएका काममा झैझगडा हुने छ । धार्मिक क्षेत्र, अनुसन्धान, खोज, कुटनीति, पुरातत्व क्षेत्रमा रहेकाहरुलाई समय अनुकुल बन्ने छ । होटल, रेष्टुरेण्ट, डान्सबार, बाउन्सर क्षेत्रमा संलग्नहरुलाई समय प्रतिकुल रहेकाले धैर्यतापूर्वक पाइला चाल्नु होला ।
कुम्भ
बोलीमा मधुरता आउने छ, जसका कारण अरुको विश्वास जित्न सकिने छ । ज्ञान भाव प्रवल हुने छ । तर प्रतिष्पर्धात्मक स्वाभावमा कमि आउने छ । अलि लुलो ब्यक्तित्व हुन जाने छ । शत्रुले पेल्ने भएकाले यसबारेमा निकै ध्यान दिनु होला । पेशागत जीवनमा पनि समस्या देखा पर्ने छ । त्यसैले पेशागत जीवनमा उच्च सतर्कतापूर्वक कदम चाल्नु होला । भाग्यको साथ रहेकाले भित्रि बुद्धि केही सक्रिय हुन पुग्दा केही राहत मिल्ने छ ।
मीन
सितल स्वाभावको ब्यक्तित्व हुने छ । अध्ययन अध्यापनमा मन लाग्ने छैन् । भाग्यको साथ कम रहेकाले निराश नभई अघि बढ्ने तर्फ ध्यान दिनु होला । मन बलियो हुने भएकाले कठिनाईमा पनि धैर्य भएर अघि बढ्न मनमा दृढता आउने छ । पेशागत जीवनमा पनि समस्या देखा पर्न जाने छ । निर्माण सामाग्री, सिमेण्ट, डण्डि, फलाम जस्ता क्षेत्रमा संलग्नहरुलाई केही फाइदा मिल्ने छ । समय अलि प्रतिकुल चलिरहेकाले विचार गरेर अघि बढ्नु होला । धर्म अध्यात्म, योग, ध्यानमा केन्द्रीत हुनु भएमा मद्धत पुग्ने छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८










सरकार र नागरिक बचाउ अभियानका प्रतिनिधिबीच वार्ता सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्षकाे जेल सजाय
५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रतिक्रिया