मोटरसाईकल चोरीको अभियोगमा ७ जना पक्राउ

काठमाडौं । सुनसरी जिल्लाको इटहरी महानगरापलिका १३ बाट मोटरसाईकल चोरी गर्ने गिरोह पक्राउ परेका छन् ।
प्रहरीले मोटरसाईकल चोरीको अभियोगमा इटहरी नगरपालिका १३ बस्ने २८ वर्षीय राजेश महतो, इटहरी नगरपालिका २० बस्ने ३८ वर्षीय कोप बलराम गुरुङ, इटहरी नगरपालिका २ बस्ने ३९ वर्षीय सुवास लिन्बु, इटहरी नगरपालिका ३ बस्ने २० वर्षीय मचिन राई, इटहरी नगरपालिका ४ बस्ने २१ वर्षीय गोलमोल राई, १९ वर्षीय रोमन परियार र २१ वर्षीय राते उर्फ मनोज परियारलाई पक्राउ गरेको हो ।
गत जेठ १२ गते मोरङ सुन्दरहरैचा नगरपालिका ४ बलिया बस्ने मदन कुमार चौधरीको नाममा रहेको प्र(१(०५(००१ प(००६१ नं। को रातो कलरको २०० सिसिको एनएस मोटरसाईकल चोरी भएको सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीका अनुसार अनुसन्धानको क्रममा उक्त मोटरसाईकल चोरीमा संलग्न ७ जना मध्ये २८ वर्षीय राजेश मेहतोको घरबाट चोरी भएको मोटरसाईकल फेला पारी उनलाई पक्राउ गरिएको हो ।
मोटरसाईकल सहित पक्राउ गर्नुका साथै थप अनुसन्धानको क्रममा उक्त कार्यमा संम्लग्न अन्य निम्न ६ जनालाई समेत प्रहरीले उनिहरुकै घरबाटै पक्राउ गरी ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रतिक्रिया