निषेधाज्ञाका बीच गोरखनाथ मन्दिरमा सवा लाख रोट चढाइयो

गोरखा । गोरखाको गोरखनाथ मन्दिरमा गुरु गोरखनाथलाई सवा लाख रोट अर्पण गरिएको छ । गोरखा दरबार परिसरमा गुरु गोरखनाथको मनपर्ने खाद्य परिकारका रुपमा लिइने रोट चढाउने परम्परालाई यस वर्ष पनि निरन्तरता दिँइएको छ । कोभिडका कारण जारी निषेधाज्ञाका बीच स्वास्थ्य मापदण्डको पालना गरी गोरखनाथलाई रोट चढाइएको हो ।
मन्दिरमा दैनिक रोट चढाउने प्रचलन रहेपनि गएको १८ बर्षदेखि यसलाई महोत्सवकै रुपमा अगाडी बढाइँदै आइएको थियो ।
आयोजक सिद्धाश्रम शक्तिकेन्द्र गोरखाका संयोजक किशोरकुमार अकेला का अनुसार, गोरखनाथ पृथ्वीमा पहिलो पटक गोरखाको पवित्रस्थल गोरखगुफामा प्रकट भएको धार्मिक मान्यता छ । भुङ्ग्रे र तावा गरी दुई प्रकारका हुने जनाइएको छ । तत्कालीन नेपाल एकीकरणका समयमा सैनिकलाई प्रसादका रुपमा एउटा रोट र एक माना पानी खुवाएपछि भोक नलागेको तथा लामो समयसम्म लडाइँ लड्न सकेको भनाइ रहँदै आएको छ ।
















निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, कस्ताे रहला आज देशभरकाे माैसम ?
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
प्रतिक्रिया