निषेधाज्ञाका बीच गोरखनाथ मन्दिरमा सवा लाख रोट चढाइयो

गोरखा । गोरखाको गोरखनाथ मन्दिरमा गुरु गोरखनाथलाई सवा लाख रोट अर्पण गरिएको छ । गोरखा दरबार परिसरमा गुरु गोरखनाथको मनपर्ने खाद्य परिकारका रुपमा लिइने रोट चढाउने परम्परालाई यस वर्ष पनि निरन्तरता दिँइएको छ । कोभिडका कारण जारी निषेधाज्ञाका बीच स्वास्थ्य मापदण्डको पालना गरी गोरखनाथलाई रोट चढाइएको हो ।
मन्दिरमा दैनिक रोट चढाउने प्रचलन रहेपनि गएको १८ बर्षदेखि यसलाई महोत्सवकै रुपमा अगाडी बढाइँदै आइएको थियो ।
आयोजक सिद्धाश्रम शक्तिकेन्द्र गोरखाका संयोजक किशोरकुमार अकेला का अनुसार, गोरखनाथ पृथ्वीमा पहिलो पटक गोरखाको पवित्रस्थल गोरखगुफामा प्रकट भएको धार्मिक मान्यता छ । भुङ्ग्रे र तावा गरी दुई प्रकारका हुने जनाइएको छ । तत्कालीन नेपाल एकीकरणका समयमा सैनिकलाई प्रसादका रुपमा एउटा रोट र एक माना पानी खुवाएपछि भोक नलागेको तथा लामो समयसम्म लडाइँ लड्न सकेको भनाइ रहँदै आएको छ ।
















यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया