पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष बरुवालको निधन
मेरोन्यूज
२०७८ जेठ २५ गते ९:३५

ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्पबहादुर बरुवालको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । गत वैशाखमा न्युयोर्क गएका बरुवालको उपचारका क्रममा गए राति उतै निधन भएको हो ।
बरुवाललाई न्युयोर्क हुँदै सङ्क्रमण देखिएको थियो । सङ्क्रमण देखिएपछि बरुवाल झण्डै एक महिनादेखि उपचारमा थिए ।
ताहाचल क्याम्पसका सहप्राध्यापकसमेत रहेका बरुवाल २०७४ साल भदौमा पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष भएका थिए ।
झापा घर भएका बरुवाल गत वैशाखमा पारिवारिक भेटघाटका लागि न्युयोर्क गएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए ।
सम्बन्धित


















अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः बलामी
अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया