बौद्धमा वेवारिसे शव फेला : अनुसन्धानका लागि कुकुरको प्रयोग
शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइयो
मेरोन्यूज
२०७८ जेठ २५ गते ११:३५

काठमाडौं । काठमाडौंको नयाँबस्तीमा सिमेन्टको बोराभित्र भेटिएको शव विभत्स तरिकाले हत्यापछि फ्याँकिएको पाइएको छ । प्रहरीका अनुसार दुई साताअघि नै हत्या भएर शरीरका केही भाग मात्रै फ्याँकिएको पाइएको छ ।
मंगलबार बिहान दुबो टिप्न गएकी एक महिलाले बोरा देखेर शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त खबर पाउने बितिकै प्रहरीको टोली अनुसन्धानमा खटिएको छ ।
अनुसन्धानका लागि तालीम प्राप्त कुकुरको प्रयोग गरेको काठमाडौंका एसपी रमेश बस्नेतले बताए । सिमेन्टको बोरामा पोको बनाएर फालेको अवस्थामा शव फेला परेको खबर आएपछि महानगरीय प्रहरी वृत्त बौद्ध र महानगरीय प्रहरी परिसर काठमाडौंको टोली घटनास्थलमा पुगेको छ ।
शव पोस्टमार्टम र डीएनए प्रोफाइलका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित









मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो
एमाले केन्द्रीय कमिटी बैठक सुरु
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो
सुनचाँदीको मूल्य निरन्तर बढ्दो, आज ताेलामा कति ?
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया