प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार, यस्तो छ २५ सदस्यीय मन्त्रिपरिषद् (सूचीसहित)
मधेसलाई मात्रै ५६ प्रतिशत हिस्सा, आदिवासी जनजाति बहुमतमा, खस आर्य अल्पमतमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी हुन् । अब मन्त्रिपरिषद् २५ सदस्यीय भएको छ । योसँगै नेपालको संविधान अनुसार मन्त्रिपरिषद्ले पूर्णता पाएको छ
ओलीले रक्षामन्त्रालय आफूसँग राखेका छन् । उनको २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन जना उपप्रधानमन्त्री रहेका छन् । जसमा उपप्रधानसहित विष्णु पौडेल अर्थ, राजेन्द्र महतो सहरी विकास, रघुवीर महासेठ परराष्ट्र मन्त्री रहेका छन् ।
यसैगरी मन्त्रीहरुमा खगराज अधिकारी गृहमन्त्री, शरदसिंह भण्डारी ऊर्जा तथा जलस्रोत, कृष्ण गोपाल श्रेष्ठ शिक्षा, अनिल कुमार झा खानेपानी, शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् भने राजकिशोर यादव उद्योगमन्त्री, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था तथा सहकारी, बसन्त कुमार नेम्वाङ भौतिक पूर्वाधार, लिलानाथ श्रेष्ठ कानुन मन्त्री भएका छन् ।

यस्तै नैनकला थापा सञ्चारमन्त्री, ज्वाला कुमारी साह कृषि, विमल प्रसाद श्रीवास्तव श्रम रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया संस्कृति पर्यटन तथा नागरिक उड्ययन, चन्दा चौधरी महिला तथा बालबालिका, एकवाल मिया युवा तथा खेलकुद मन्त्री, नारदमुनि राना वन मन्त्री, गणेश कुमार पहाडी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भएका छन् भने मोहन बानिया प्रधानमन्त्री कार्यालय हेर्नेगरी मन्त्री बनेका छन् ।
यस्तै राज्यमन्त्रीहरुमा चन्द्रकान्त चौधरी (ऊर्जा), रेणुका गुरुङ (महिला तथा बालबालिका) र आशाकुमारी विक (वन) रहेका छन् ।

















दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट एक्टिभ नेपालमा
१७ अंकले घट्यो नेप्से
विपद् आउनु अघि व्यवस्थापनको तयारीमा जुट्न निर्देशन
नेशनल लाईफ र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच मेडिकल सेवा सम्झौता
पोखरामा प्रहरीको ‘स्वीप अप्रेशन’, एकैरात १२२ जना पक्राउ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
प्रतिक्रिया