निषेधाज्ञामा जारी छ निर्माणका काम

बागलुङ । मर्मत अभावमा जीर्ण बनेका बागलुङ नगर क्षेत्रका सडकको सुधारलाई तीव्रता दिइएको छ । सडक बोर्ड नेपाल र नगरपालिकाको लागत साझेदारीमा सडक मर्मत सुधारको काम भइरहेको हो ।
निषेधाज्ञाबीच पहिलो चरणमा सदरमुकामभित्रका सडकमा काम भइरहेको नगरपालिकाले जनाएको छ । चालु आर्थिक वर्षभित्र १४ वटै वडाका पक्की सडकमा मर्मत सुधारको काम हुने इञ्जीनियर मनोज शर्माले बताए ।
उनका अनुसार यस योजनाका लागि बोर्डको ९२ लाख रुपैयाँमा नगरपालिकाको ३५ प्रतिशत थप लागत परेको छ । बोलपत्रमार्फत आरएस निर्माण सेवाले कामको जिम्मा पाएको थियो । “बजारपछि ग्रामीण भेगका सडकको मर्मत शुरु हुन्छ”, इञ्जीनियर शर्माले भने ।
यसअघि कालोपत्र भएर पनि भत्केका, खाल्डाखुल्डी परेका सडकको मात्र मर्मत गरिने निर्माण व्यवसायी राजिन खड्काले बताए । “क्षतविक्षत नै भएको, धेरै बिग्रेको ठाउँमा कालोपत्र नै हुन्छ, कतै खाल्डाखुल्डी पुरेर सामान्य मर्मत मात्र गरिन्छ”, उनले भने । व
डा नं २ को अदालतचोकबाट–धवलागिरि अस्पताल र गोदामघरबाट सिर्जनाटोलसम्मको सडक कालोपत्र भइसकेको छ । बेलैमा मर्मत नहुँदा ती सडक जीर्ण बनेका थिए ।
कालोपत्र भत्केर सडकभरि खाल्डैखाल्डा थिए । गोल्डेनगेट चोक, ट्राफिक चोकको घुम्तीबाट मगर सङ्घको कार्यालय जोड्ने सडक पनि मर्मतकै चरणमा छ ।
















दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट एक्टिभ नेपालमा
१७ अंकले घट्यो नेप्से
विपद् आउनु अघि व्यवस्थापनको तयारीमा जुट्न निर्देशन
नेशनल लाईफ र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच मेडिकल सेवा सम्झौता
पोखरामा प्रहरीको ‘स्वीप अप्रेशन’, एकैरात १२२ जना पक्राउ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
प्रतिक्रिया