कर्णाली प्रदेशमा नीति तथा कार्यक्रम पारित, एमालेले गर्यो विपक्षमा मतदान

काठमाडौँ । कर्णाली प्रदेशमा नीति तथा कार्यक्रम पारित भएको छ । आज मंगलबार बसेको कर्णाली प्रदेशसभा बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।
कर्णाली प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमको विपक्षमा नेकपा एमाले उभिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली समूह नीति तथा कार्यक्रमको विपक्षमा उभिएको हो । यस्तै, माधव नेपाल पक्षका सांसद भने बैठकमका सहभागी भएका थिएनन् ।
एमाले संसदीय दलका नेताले नीति तथा कार्यक्रमको विपक्षमा मत दिने निर्णय गरेपछि नेपाल पक्षका सांसदहरू नैतिक संकटमा परेका थिए । नेपाल पक्षका चार सांसदमध्ये ३ जना मन्त्री छन् । सर्वोच्च अदालतले पुनर्बहाली गरेका चार सांसद सरकारको पक्षमा उभिने वा पार्टीको पक्षमा उभिने भन्ने नैतिक संकटमा परेका हुन् । नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।
एमाले र माओवादी ब्यूँतिएसँगै एमाले कर्णालीले माओवादी सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही अल्पमतमा परेका थिए । यसबीच उनले प्रदेशसभामा विश्वासको मत लिने बैठकमा एमालेका नेता नेपाल पक्षका चार सांसदले शाहीको पक्षमा मत दिएका थिए । विश्वासको मत दिएको भन्दै उनीहरुलाई संसदीय दलले कारबाही गरेको थियो । कारबाही पर्नेमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा हुन् । पछि, उनीहरुलाई सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको थियो ।
सरकारले आज नीति तथा कार्यक्रम पास गरी बजेट ल्याउने तयारी गरेकाे छ । संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले असार १ गते बजेट ल्याउनु पर्छ ।
















रूस युक्रेन युद्धमा दुई दिने युद्धविराम घोषणा
पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला
वीरगन्ज भन्सारमा जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए
हुनानमा पटाखा कारखाना विस्फोट, २१ जनाको मृत्यु
होर्मुजमा तनाव बढ्दा अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा व्यापक वृद्धि
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया