४ दिनदेखि हराएका ७ जना जीवितै भेटिए
मेरोन्यूज
२०७८ असार ४ गते १०:५९
काठमाडौँ । पशु लिएर चराउन गएका जाजरकोट जिल्लाको जलजला पाटनमा बेपत्ता भएका ७ जना भेटिएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयले उनीहरूलाई भेटी खाना खुवाउने काम गरिएको जाजरकोटका जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुकुमार थापाले जानकारी दिए ।
गत मंगलबारदेखि हराएकाहरूमा कुशे गाउँपालिका ८ औलरिजाका ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीम खड्का, १७ वर्षीया धनसरा खड्का र वडा नं ९ का ४० वर्षीय कृष्ण रोकाय रहेका छन् । उनीहरूलाई शुक्रबार बिहान भेटिएको डिएसपी थापाले बताए ।
खाना खान नपाएका उनीहरू चिसोका कारण कमजोर भएका थिए । उनीहरूलाई पाटनकै प्राथमिक उपचार केन्द्रमा उपचार भइरहेको छ ।
सम्बन्धित
















नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
धनुषामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
नेपाल ‘ए’ द्वारा अमेरिका पराजित
रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया