यी जिल्लामा बाढीको उच्च जोखिम, सर्तक हुन आग्रह

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले आज बिहान जारी गर्दै देशका विभिन्न नदी तथा तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सर्तक हुन आग्रह गरेको छ । मन्त्रालयको बाढी पूर्वानुमान महाशाखाले कोशी नदीसहित यसका सहायक नदीहरू, पश्चिम राप्तीलगायतका नदीहरूको तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सर्कत हुन आग्रह गरेको हो ।
यी नदीहरू तथा सहायक नदीमा बहाव बढ्दो क्रममा रहेको तर सबैमा बहाव सतर्कता तहभन्दा तल नै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी जलाधारका केही स–साना सहायक नदीमा क्षणिक मध्यम भारी वर्ष भई बहाव बढ्ने र केही स–साना नदीमा आकस्मिक बहाव भइ सतर्कता तह आसपास पुग्न सक्ने बताइएको छ ।
यस्तै, आज प्रदेश १ को इलाम झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, भोजपुर, ताप्लेजुङ, संखुवासभा र प्रदेश २ को सप्तरी, सिरहा, महोत्तरी, सर्लाहीमा जिल्लाका नदीहरूमा पानीको बहाव बढ्ने जनाएको छ ।
यस्तै, बागमती प्रदेशको दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, काठमाडौँ, चितवन, मकवानपुर, गण्डकी प्रदेशको गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, लुम्बिनी प्रदेशको पाल्पा, गुल्मी, प्यूठान, दाङ, बाँके, बर्दिया, रुकुमका जिल्लाहरूमा उच्च जोखिम रहेको छ ।
पूर्वानुमान महाशाखाले कर्णाली प्रदेशको सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, कालिकोट, हुम्ला र सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपास जिल्ला भइ बहने स–साना नदी जलाधारमा बहाव उल्लेख्य बढ्ने जनाएको छ ।

















आगामी बजेट संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
१५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
कारागार कार्यालय चितवनबाट फरार भारतीय कैदी पक्राउ
साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया