यी जिल्लामा बाढीको उच्च जोखिम, सर्तक हुन आग्रह

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले आज बिहान जारी गर्दै देशका विभिन्न नदी तथा तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सर्तक हुन आग्रह गरेको छ । मन्त्रालयको बाढी पूर्वानुमान महाशाखाले कोशी नदीसहित यसका सहायक नदीहरू, पश्चिम राप्तीलगायतका नदीहरूको तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सर्कत हुन आग्रह गरेको हो ।
यी नदीहरू तथा सहायक नदीमा बहाव बढ्दो क्रममा रहेको तर सबैमा बहाव सतर्कता तहभन्दा तल नै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी जलाधारका केही स–साना सहायक नदीमा क्षणिक मध्यम भारी वर्ष भई बहाव बढ्ने र केही स–साना नदीमा आकस्मिक बहाव भइ सतर्कता तह आसपास पुग्न सक्ने बताइएको छ ।
यस्तै, आज प्रदेश १ को इलाम झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, भोजपुर, ताप्लेजुङ, संखुवासभा र प्रदेश २ को सप्तरी, सिरहा, महोत्तरी, सर्लाहीमा जिल्लाका नदीहरूमा पानीको बहाव बढ्ने जनाएको छ ।
यस्तै, बागमती प्रदेशको दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, काठमाडौँ, चितवन, मकवानपुर, गण्डकी प्रदेशको गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, लुम्बिनी प्रदेशको पाल्पा, गुल्मी, प्यूठान, दाङ, बाँके, बर्दिया, रुकुमका जिल्लाहरूमा उच्च जोखिम रहेको छ ।
पूर्वानुमान महाशाखाले कर्णाली प्रदेशको सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, कालिकोट, हुम्ला र सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपास जिल्ला भइ बहने स–साना नदी जलाधारमा बहाव उल्लेख्य बढ्ने जनाएको छ ।











मधेस प्रदेशको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित
कानुनलाई सरल बनाउन अध्ययन जारी छ: मन्त्री सिन्हा
नबिल बैंक युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालको बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण, कसको कति ?
रास्वपा केन्द्रीय समिति बैठक जारी, रवि पनि उपस्थित
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
प्रतिक्रिया