आइतबार, वैशाख ७, २०८२

युरोकप : अन्तिम १६ मा कुन कुन देश जालान् !

मेरोन्यूज २०७८ असार ५ गते १६:१६

काठमाडौँ । जारी युरोकप अन्तर्गत आज तीन खेल हुँदैछन् । आजको पहिलो खेल हंगेरीको राजधानी बुडापेस्टमा साँझ ६:४५ बजे हंगेरी र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ। दोस्रो खेलमा पोर्चुगल र जर्मनीबीच म्युनिखमा राति ९:४५ बजे प्रतिस्पर्धा हुनेछ । यस्तै, तेस्रो खेलमा राति १२:४५ बजे स्पेन र पोल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेलमा जर्मनीलाई पराजित गरेको फ्रान्स समूह एफमा ६ अंक जोडेर अन्तिम १६ मा पुग्न चाहान्छ । पहिलो खेलमा पोर्चुगलसँग पराजित भएको हंगेरीका लागि अन्तिम १६ मा पुग्न आजको खेल जित्नै पर्ने छ । पछिल्लो पटक १९९० मा भएको मैत्रीपूर्ण खेलमा फ्रान्सले हंगेरीलाई ३-१ ले पराजित गरेको गियो भने हंगेरीले सन् १९२७ मा बुडापेस्टमा भएको खेलमा फ्रान्सलाई १३-१ ले पराजित गरेको थियो ।

आज हुने दोस्रो खेल अन्र्तगत पोर्चुगल जर्मनी भिड्ने छन् । पहिलो खेलमा जित हात पारेको पोर्चुगल लगातार दोस्रो जित निकाल्दै अन्तिम १६ मा पुग्ने अभियानमा छ भने पहिलो खेलमा पराजित भएको जर्मनीका लागि आजको खेलमा जित निकाल्नु पर्ने दबाब छ । दुई टिमबीच हालसम्म १८ प्रतिस्पर्ध भएका छन् । जसमा जर्मनीले १० जित हात पारदा पोर्चुगलले ३ खेलमा मात्र जित निकालेको छ भने पाँच खेल बराबरीमा सकिएका छन् ।

आजको तेस्रो खेलमा समूह ई मा रहेका स्पेन र पोल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । सेभियामा हुने खेल दुवै टिमका लागि महत्वपूर्ण छ। पहिलो खेलमा स्पेनलाई स्विडेनले बराबरीमा रोकेको थियो । यस्तै पोल्यान्डले स्लोभाकियालाई नतिजा सुम्पिएको थियो । दुई देशबीच भएको १० खेल मध्ये स्पेनले ८ खेलमा जित हात पारेको छ।

प्रतिक्रिया