युरोकप : अन्तिम १६ मा कुन कुन देश जालान् !

काठमाडौँ । जारी युरोकप अन्तर्गत आज तीन खेल हुँदैछन् । आजको पहिलो खेल हंगेरीको राजधानी बुडापेस्टमा साँझ ६:४५ बजे हंगेरी र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ। दोस्रो खेलमा पोर्चुगल र जर्मनीबीच म्युनिखमा राति ९:४५ बजे प्रतिस्पर्धा हुनेछ । यस्तै, तेस्रो खेलमा राति १२:४५ बजे स्पेन र पोल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो खेलमा जर्मनीलाई पराजित गरेको फ्रान्स समूह एफमा ६ अंक जोडेर अन्तिम १६ मा पुग्न चाहान्छ । पहिलो खेलमा पोर्चुगलसँग पराजित भएको हंगेरीका लागि अन्तिम १६ मा पुग्न आजको खेल जित्नै पर्ने छ । पछिल्लो पटक १९९० मा भएको मैत्रीपूर्ण खेलमा फ्रान्सले हंगेरीलाई ३-१ ले पराजित गरेको गियो भने हंगेरीले सन् १९२७ मा बुडापेस्टमा भएको खेलमा फ्रान्सलाई १३-१ ले पराजित गरेको थियो ।
आज हुने दोस्रो खेल अन्र्तगत पोर्चुगल जर्मनी भिड्ने छन् । पहिलो खेलमा जित हात पारेको पोर्चुगल लगातार दोस्रो जित निकाल्दै अन्तिम १६ मा पुग्ने अभियानमा छ भने पहिलो खेलमा पराजित भएको जर्मनीका लागि आजको खेलमा जित निकाल्नु पर्ने दबाब छ । दुई टिमबीच हालसम्म १८ प्रतिस्पर्ध भएका छन् । जसमा जर्मनीले १० जित हात पारदा पोर्चुगलले ३ खेलमा मात्र जित निकालेको छ भने पाँच खेल बराबरीमा सकिएका छन् ।
आजको तेस्रो खेलमा समूह ई मा रहेका स्पेन र पोल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । सेभियामा हुने खेल दुवै टिमका लागि महत्वपूर्ण छ। पहिलो खेलमा स्पेनलाई स्विडेनले बराबरीमा रोकेको थियो । यस्तै पोल्यान्डले स्लोभाकियालाई नतिजा सुम्पिएको थियो । दुई देशबीच भएको १० खेल मध्ये स्पेनले ८ खेलमा जित हात पारेको छ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
प्रतिक्रिया