युरोकपमा आज दुई खेल एकै समयमा हुँदै

काठमाडौँ । युरोकप फुटबलमा आज (आइतबार) दुई खेल एकै समयमा हुदैछन् । उक्त खेलहरु राति ९:४५ बजे सुरु हुँदैछन् । युरोकपमा आज समूह एको दुई खेल हुनेछ । जसमा इटाली र वेल्स तथा स्वीजरल्याण्ड र टर्की भिड्ने छन् ।
आज इटाली लगातार तेस्रो जित निकाल्ने योजनामा रहेको छ । अघिल्ला दुई खेलमा जित निकालेको इटाली नकआउट चरणमा प्रवेश गरिसकेको छ । इटाली तेस्रो खेल जित्दै समूह विजेता बन्न चाहन्छ । इटालीले २ खेलमा ६ अंक जोडेको छ । र, शीर्ष स्थानमा रहेको छ ।
वेल्स भने इटालीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । वेल्सका लागि यस खेल महत्वपूर्ण रहेको छ । वेल्सले २ खेलमा ४ अंक जोडेको छ । वेल्स समूहको दोस्रो स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा स्वीजरल्याण्ड र टर्कीबीच खेल हुनेछ । खेल राति ९:४५ बजे सुरु हुनेछ । आज स्वीजरल्याण्ड पहिलो जितको खोजीमा हुनेछ । यस्तै जित निकाल्दै स्वीजरल्याण्ड नकआउट चरणको ढोका खेल्न चाहन्छ ।
स्वीजरल्याण्ड २ खेलमा १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा वेल्ससँग बराबरी खेलेको स्वीजरल्याण्ड दोस्रो खेलमा इटालीसँग पराजित भएको थियो । टर्की भने पहिलो अंकको खोजीमा हुनेछ ।
समूहको पुछारमा रहेको टर्कीले अंक जोड्न सकेको छैन । पहिलो खेलमा इटालीसँग पराजित टर्की दोसो खेलमा वेल्ससँग पराजित भएको थियो । एजेन्सी













सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
देउवा निवासमा छलफलपछि ज्ञानेन्द्र कार्कीले भने – पार्टी एकढिक्का राख्न संवादको ढोका खुला छ
नेपाल प्रहरीका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया