आइतबार, पुष ६, २०८२

पूर्व प्रधानमन्त्री खनालको उपचारमा थप समय लाग्ने

मेरोन्यूज २०७८ असार ६ गते १५:१५

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । उनका स्वकीय सचिव कृष्ण भट्टराईले ‘फेस टू फेस’ कुरा गरेको जानकारी गराउँदै खनालको स्वास्थ्यमा सुधार आएको बताएका हुन् ।

‘उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको छ। ज्वरो आउने, टाउको दुख्ने समस्या र खोकी हटिसकेको छ,’ उनले भने, ‘थप स्वास्थ्य उपचारको क्रममा केही समय लाग्ने भएको छ ।’

अक्सिजनको सहायतामा रहेका नेता खनालको स्वास्थ्यमा सुधार आएसँगै अक्सिजन सर्पोट हटाएको छ ।

काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारारत खनाललाई थप उपचारका लागि भारतको एपोल अस्पताल लगिएको थियो ।

प्रतिक्रिया