उपत्यकामा एक साता निषेधाज्ञा थपियो, जोर-बिजोरअनुसार सवारी चल्ने
मेरोन्यूज
२०७८ असार ६ गते १७:३१

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले मेरोन्युजलाई जानकारी गराए ।
भट्टराईका अनुसार निजी सवारीलाई जोर-बिजोरअनुसार चल्न दिइने छ । त्यस्तै, पसल बार अनुसार खाेल्न दिने उनले बताए । अब खुकुलो बनाएर काठमाडौँ उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा हुने भएको छ ।
कोरोनो भाइरस (कोभिड–१९)को दोस्रो लहर फैलिन थालेपछि उपत्यका प्रशासनले १६ वैशाखदेखि निषेधाज्ञा लागु गरेको थियो । डेढ महीनासम्म क्रमशः निषेधाज्ञा थपिँदै आएको प्रशासनले पछिल्लो समय केही खुकुलो गर्र्दै आएको छ ।
सम्बन्धित
















बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया