बागलुङमा निषेधाज्ञा केही खुकुलो

बागलुङ । खुकुलो प्रावधानसहित बागलुङमा एक हप्ता निषेधाज्ञा थप गरिएको छ । कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा आज मध्यरातपछि सकिँदै छ । सोमबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यही असार १५ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
यसपालि निषेधाज्ञाको स्वरूप बदलिएको छ । पसल, व्यवसाय मध्याह्न १२ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ । होटल, रेष्टुराँ, चिया तथा खाजा पसलले मध्याह्न १२ बजेसम्म ‘टेक अवे’, ‘होम डेलिभरी’ र ‘अनलाइन डेलीभरी’मार्फत सेवा प्रदान गर्न पाउने भएका छन् ।
‘पार्टी प्यालेस’, सौन्दर्य व्यवसाय, सैलुन, जिमखाना, खेलकूदस्थल, सिनेमा घर आदि भने सञ्चालन गर्न नपाइने भएको छ । सहकारी, बैंक तथा वित्तीय संस्थाले बिहान ९ देखि १२ बजेसम्म नियमित सेवा दिनेछन् । यस्तै जोर–बिजोर प्रणाली अपनाएर निजी सवारी साधन चलाउन दिने निर्णय गरिएको केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । चार पाङ्ग्रे निजी सवारी साधनमा चालकसहित बढीमा चार जना मात्र यात्रु राख्न पाइनेछ ।
मानिस भेला हुने र भीडभाड हुनेजस्ता सबै कार्यक्रममा भने रोक लगाइएको छ । अत्यावश्यक काम नपरी घर बाहिर हिँडडुल नगर्न र जानै परेमा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्यरूपमा अपनाउन जनसाधारणमा आग्रह गरिएको छ । जिल्लामा गत वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी छ । रासस














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
प्रतिक्रिया