दक्षिण सुडानको राजनीतिमा सुधार आएको छ- संयुक्त राष्ट्रसंघ

सुडान । संयुक्त राष्ट्रसंघले दक्षिण सुडानको राजनीनि अवस्थामा केही सुधार आएको बताएको छ । दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसंघका उच्च दूत निकोलास हेसमले सो कुराको जानकारी दिए । उनले दक्षिण सुडानमा नयाँ संविधान निर्माण गर्ने र राजनीति सुधार गर्ने कामको थालनी भएको र त्यसमा केही प्रगति पनि भएको देखिएको बताए ।
तर, यहाँको सुरक्षाको अवस्थाका बारेमा उनले चासो व्यक्त गरे । उनले भने, कि दक्षिण सुडानको राजनीति र न्यायपालिकाको सुधारका बारेमा काम अघि बढेको छ र यहाँको सरकारले त्यस क्षेत्रमा काम गरेको छ । तर सबैले सुरक्षाका बारेमा भने चिन्ता व्यक्त गर्नुपर्ने उनले बताए । संयुक्त राष्ट्रसंघले सुरक्षाका क्षेत्रमा अझै समन्वय बढाउनुपर्ने उनले सुझाव दिए छ ।
उनले भने– यहाँ संयुक्त राष्ट्रसंघले गएको मे महिनामा राजनीतिक प्रक्रियालाई अघि बढाउने एक कार्यदल गठन गरेको छ र त्यसले आफ्नो काम थालेको छ । यहाँका राष्ट्रपति साल्भा किरले हालैमात्र यहाँको एक विधायिकामा ५५० जना थप गरेर पुनर्गठन गर्नुभएको थियो । त्यस विधायक सभाले यहाँ नयाँ संविधान निर्माण गर्ने काम गरिरहेको पनि उनले जानकारी दिए । हाल पनि संसारको कान्छो देशका रुपमा चिनिएको दक्षिण सुडान १० वर्ष अघि नयाँ राष्ट्रका रुपमा स्थापना भएको हो ।
आगामी जुलाई ९ मा यो देशले आफ्नो स्थापनाको दशौँ वार्षिकोत्सव मनाउने तयारी गरिरहेको छ । साथै संयुक्त राष्ट्रसंघ र विश्वका कतिपय देशहरुको सहयोग र समन्वयमा यहाँ नयाँ संविधान निर्माण गर्ने काम पनि भइरहेको बताइएको छ । रासस













माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो
निसीखोलामा पुतली नाचको रौनक
यी हुन् एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया