प्रतिनिधिसभा विघटनसम्वन्धी रिटमाथि आजबाट नियमित सुनुवाई
३० वटा रिटमाथिको बहस ३२ घण्टामा सिध्याउने

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्वन्धी रिटमाथि सर्वोच्चको अदालतको संवैधानिक इजलासमा आजबाट निरन्तर सुनुवाई शुरु हुँदैछ ।
सरकारको कदम विरुद्ध परेका ३० वटा रिटमाथि संवैधानिक इजलासले प्रारम्भिक सुनुवाई गर्दै गत जेठ २६ गते आजबाट नियमित सुनुवाई गर्ने आदेश गरेको थियो ।
रिट निवेदकले सरकारको निर्णय खारेज गरी तत्काल प्रतिनिधि सभा पुनर्स्थापना गर्न माग गरेका छन् । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सहित १ सय ४६ प्रतिनिधि सभाका सदस्यहरुले संसद विघटन बदर गरेर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग गरेका छन् ।
सो रिटमाथिको सुनुवाइका लागी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सहित न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सदस्य रहेको संवैधानिक इजलास गठन भएको छ ।
संवैधानिक इजलासमा सम्मिलित न्यायाधीश संवैधानिक इजलासको रोष्टरमा रहेका मध्येका बरिष्ठ हुन् । सो इजलासले निरन्तर सुनुवाई शुरु भएपछि ३२ घण्टामा बहस सिध्याउन यसअघि नै आदेश गरेको थियो ।
रिट निवेदक तर्फका कानुन व्यवसायीलाई १५ घण्टा, प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायी र सरकारी वकिललाई बहसका लागी १५ घण्टा समय छुट्याइएको छ ।
एमिकस क्युरीका लागी दुई घण्टा समय छुट्याइएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ८ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।
यसअघि गत पुष ५ गते पनि पहिलो पटक सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । सो कदम असंवैधानिक भएको ठहर सहित सर्वोच्चले गत फागुन ११ गते पुनर्स्थापना गराएको गराएको थियो ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया