कांग्रेसमा १४ औं महाधिवेशनको सरगर्मी
देउवाले निधिलाई फकाउन प्रयास नै नगर्ने
पूर्वसंस्थापनका नेतासँग वान टु वान छलफलमा

काठमाडौं । आफूलाई चुनौती दिएर सभापतिमा उम्मेदवार बन्ने बताएका उपसभापति विमलेन्द्र निधिलाई कांग्रेस सभापति शेरबहादुर देउवाले फकाउने प्रयास नै नगर्ने भएका छन् ।
शनिबार प्रदेश–१ र प्रदेश–२, आइतबार वागमती र गण्डकी तथा सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका गुटबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरूसँग छलफल गरेका देउवाले मंगलबार आफ्ना विश्वासपात्रहरूसँग आफ्नो त्यस्तो निष्कर्ष सुनाएका हुन् ।
स्रोतका अनुसार उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, नेताहरू बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, रमेश लेखकसहितका नेताहरूसँग देउवाले आफ्नो निष्कर्ष सुनाएका हुन् ।
देउवाले निधिलाई नफकाई अन्य नेताहरूलाई साथमा लिएर १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने तयारीमा जुटेका छन् । बरु पूर्वसंस्थापनका नेताहरूलाई फकाएर आफ्नो समूहमा ल्याउन प्रयत्न गर्ने तयारी उनको छ ।
पूर्वसंस्थापनका नेताहरूसँग भने देउवाले वान टु वान वार्ता गरिरहेका छन् । खासगरी देउवाले महेश आचार्य, डा. रामशरण महत, गगन थापा, दीलेन्द्र बडू, बद्री पाण्डे, सरिता प्रसाई, प्रकाशमान सिंह, बलबहादुर केसीलगायतका नेताहरूसँग वान टु वान वार्ता गरिरहेका छन् । प्राय नेता देउवासँग आउन तयार भए पनि पदमा अझै कुरा मिलिनसकेको एक नेताले बताए ।
देउवाका विश्वासपात्र एनपी साउदले आफू नेतृत्वमा पुग्नका लागि देउवाले सबै नेताहरूसँग वानु टु वान र समूहमा छलफल गरिरहेको बताए ।
‘आफू सभापति भएको हिसावले र अब आफू नेतृत्वमा पुग्नलाई के गर्नुपर्छ भन्ने विषयमा सभापतिज्यूले एक÷एक जनासँग र समूहमा सबै तह र समूहका नेताहरूसँग छलफल गरिरहनु भएको छ,’ साउदले भने ।
तर, निधिको हकमा भने जनमत नभएकाले फकाउने प्रयास नगर्ने भन्दै देउवाले वार्ताका लागि वातावरण बनाउने काममा पनि कोही नलाग्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
‘खासै जनमत छैन, सकभर उम्मेदवार बन्दैनन्, बनेमा पनि प्रदेश दुई कै नेताहरूलाई उनको पक्षमा लाग्न नदिने, अर्को टिमका नेताहरूलाई ल्याउन प्रयास गर्ने, उनलाई नरोक्नू,’ देउवाले नेताहरूलाई दिएको निर्देशनबारे सचिवालय स्रोतले भन्यो ।
कांग्रेसले गत शुक्रबार आगामी भदौ १६ देखि १९ गतेसम्म पार्टीको १४औं महाधिवेशन काठमाडौंमा गर्ने कार्यतालिका पारित गरेको थियो ।
















बङ्गलादेशको निर्वाचनमा सुरक्षा खतरा छैन : निर्वाचन आयोग
दार्चुलामा प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
PM Karki urges security bodies to remain on high-alert for election security
Bangladesh EC secretary rules out security concerns, assures smooth polling on Feb 12
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
प्रतिक्रिया