कागेश्वरी मनोहरामा झण्डै दुई अर्ब बजेट पेश
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाको नगरसभामा दुई अर्ब तीन करोड ७६ लाख ९२ हजार ९२ रुपैयाँको बजेट पेश भएको छ ।
आर्थिक वर्ष २०७८–२०७९ का लागि नगरसभाको सोमबार शुरु बैठकमा चालुतर्फ ४७ करोड ५२ लाख ५९ हजार र पुँजीगत खर्चतर्फ एक अर्ब ५६ करोड २४ लाख ३३ हजार ९२ रुपैयाँको बजेट विनियोजन गरिएको छ ।
सभामा पेश गरिएको आगामी आर्थिक वर्षको अनुमानित बजेटमाथि छलफल गरी असार १० गते पारित गर्ने कार्यक्रम रहेको नगर प्रवक्ता राजाराम पुडासैनीले जानकारी दिए ।
बजेटमा कोरोना भाइरस (कोभिड–१९)बाट नगरवासीलाई बचाउन स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ । मूलपानीमा रहेको नगर अस्पताललाई अक्सिजन, आइसियुसहितको सुविधा सम्पन्न बनाइने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
यसैगरी रोजगारी सृजना एवं पूर्वाधार विकासलाई पनि बजेटमा प्राथमिकता दिइएको छ । कृषि, शिक्षालगायत शीर्षकमा पनि प्राथमिकताका साथ बजेट विनियोजन गरिएको जनाइएको छ ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया