कागेश्वरी मनोहरामा झण्डै दुई अर्ब बजेट पेश
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाको नगरसभामा दुई अर्ब तीन करोड ७६ लाख ९२ हजार ९२ रुपैयाँको बजेट पेश भएको छ ।
आर्थिक वर्ष २०७८–२०७९ का लागि नगरसभाको सोमबार शुरु बैठकमा चालुतर्फ ४७ करोड ५२ लाख ५९ हजार र पुँजीगत खर्चतर्फ एक अर्ब ५६ करोड २४ लाख ३३ हजार ९२ रुपैयाँको बजेट विनियोजन गरिएको छ ।
सभामा पेश गरिएको आगामी आर्थिक वर्षको अनुमानित बजेटमाथि छलफल गरी असार १० गते पारित गर्ने कार्यक्रम रहेको नगर प्रवक्ता राजाराम पुडासैनीले जानकारी दिए ।
बजेटमा कोरोना भाइरस (कोभिड–१९)बाट नगरवासीलाई बचाउन स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ । मूलपानीमा रहेको नगर अस्पताललाई अक्सिजन, आइसियुसहितको सुविधा सम्पन्न बनाइने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
यसैगरी रोजगारी सृजना एवं पूर्वाधार विकासलाई पनि बजेटमा प्राथमिकता दिइएको छ । कृषि, शिक्षालगायत शीर्षकमा पनि प्राथमिकताका साथ बजेट विनियोजन गरिएको जनाइएको छ ।













३१ अंकले बढ्यो सेयर बजार
ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
यी हुन् कर्णालीमा एमालेका उम्मेदवार
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया