सुन मूल्यमा गिरावट, आज कति पुग्यो
काठमाडौँ । सुनको मूल्य आज बुधबार प्रतितोला ३ सय रुपैयाँले सस्तो भएको छ । यस्तै, चाँदी प्रतितोला ५ रुपैयाँले सस्तो भएको छ ।
हिजो मंगलबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुन बुधबार ९० हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै, चाँदी प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी एक हजार ३०० रुपैयाँमा किनबेच भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैबीच सुनको आयात कोटा बढाउन व्यवसायीको आग्रह गरेका छन् । दैनिक कोटा ३० किलो पुर्याउनु पर्ने महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसअघि सरकारले दैनिक २० किलो सुन आयात गर्ने गरी निर्णय गरेको छ । उक्त निर्णयमाथि व्यवसायीहरुले असन्तोष जाहेर गर्दै आएका छन् ।
पछिल्लो समय सुनचाँदी पसल खुले पनि बजारको मागअनुसार सुन नभएपछि यसको आयात कोटा बढाउन आग्रह गरेको हो । कोभिड–१९ को नियन्त्रणको क्रममा सरकारले गत वैशाख १६ गतेदेखि लक–डाउन निषेधाज्ञा जारी गरेको थियो ।
जसका कारण व्यापार, व्यवसायलगायतका क्षेत्रहरु बन्द भएकाले वाणिज्य बैंकहरुले बिक्री वितरण गर्ने सुनको आपूर्ति पनि बन्द भएको थियो ।














महिला विश्वकप क्रिकेटमा नेपालको दाबेदारी
निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै आयोग पुग्याे देउवा पक्ष
फिलिपिन्सको डम्पसाइट भत्किँदा मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो
आयोगको निर्णयविरुद्ध देउवा पक्षले दिएकाे रिट सर्वोच्चमा दर्ता, माघ ६ गते पेसी
कञ्चनपुरमा महिला मतदाता बढी
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया