सुन मूल्यमा गिरावट, आज कति पुग्यो
काठमाडौँ । सुनको मूल्य आज बुधबार प्रतितोला ३ सय रुपैयाँले सस्तो भएको छ । यस्तै, चाँदी प्रतितोला ५ रुपैयाँले सस्तो भएको छ ।
हिजो मंगलबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुन बुधबार ९० हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै, चाँदी प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी एक हजार ३०० रुपैयाँमा किनबेच भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैबीच सुनको आयात कोटा बढाउन व्यवसायीको आग्रह गरेका छन् । दैनिक कोटा ३० किलो पुर्याउनु पर्ने महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसअघि सरकारले दैनिक २० किलो सुन आयात गर्ने गरी निर्णय गरेको छ । उक्त निर्णयमाथि व्यवसायीहरुले असन्तोष जाहेर गर्दै आएका छन् ।
पछिल्लो समय सुनचाँदी पसल खुले पनि बजारको मागअनुसार सुन नभएपछि यसको आयात कोटा बढाउन आग्रह गरेको हो । कोभिड–१९ को नियन्त्रणको क्रममा सरकारले गत वैशाख १६ गतेदेखि लक–डाउन निषेधाज्ञा जारी गरेको थियो ।
जसका कारण व्यापार, व्यवसायलगायतका क्षेत्रहरु बन्द भएकाले वाणिज्य बैंकहरुले बिक्री वितरण गर्ने सुनको आपूर्ति पनि बन्द भएको थियो ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया