नमोबुद्धका कृषकलाई अनुदानमा मौरीसहितको घार वितरण

काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले नगरभित्रका कृषकलाई अनुदानमा मौरीघार वितरण गरेको छ । मौरीपालनमा अब्बल नगर बनाउने उद्देश्यसहित ११ वटै वडाका कृषकलाई ५० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरेको हो ।
कृषकलाई एकदिने मौरीपालनसम्बन्धी तालिमसहित मङ्गलबार मौरीघार वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख रेशम दाहालले बताए । चालु आर्थिक वर्षको कार्यक्रमअनुसार मौरीपालन गर्ने कृषकमध्ये छनोटमा परेका कृषकलाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल र वडा नं १० का वडाध्यक्ष रामकृष्ण अधिकारीले ५६ वटा मौरीसहितको घार हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पौडेलले नगरका कृषकलाई आत्मनिर्भर बनाउने अभियानअन्तर्गत मौरीको घार वितरण गरिएको जानकारी दिए । आगामी वर्ष पनि सो कार्यलाई निरन्तरता दिने उहाँले बताउनुभयो । उनले यसै वर्षदेखि अनुदानमा भैँसी तथा बाख्रा वितरण अभियानको शुरुआत गरिसकेको र त्यसको प्रभावकारिता हेरेर आगामी वर्ष थप बजेटको व्यवस्थासहित कार्यक्रम अघि बढाउने बताए ।
कार्यक्रममा वडा नं १० का वडाध्यक्ष रामकृष्ण अधिकारीले नगरका ९० प्रतिशत जनता कृषिमा निर्भर रहेकाले नमोबुद्ध नगरलाई अग्र्यानिक कृषिको केन्द्र बनाउने उद्देश्य रहेको उल्लेख गर्नुहुँदै त्यसमा कृषकको साथ र सहयोग आवश्यक रहेको बताए ।
कृषक रामप्रसाद घिमिरेले नगरपालिकाले मौरीको घारसहित तालिमसमेत दिएर व्यवस्थित एवं व्यावसायिकरूपमा मौरीपालन अघि बढाउन हौसला मिलेको बताए । नगरपालिकाले मौरीपालनका लागि पकेट क्षेत्र नै बनाएर अन्य पालिका र जिल्लामा मौरी र मौरीघार निर्यात गर्ने योजना बनाएको छ । त्यसरी वितरण गरेको कृषकले पालन गरेको मौरीबाट उत्पादन भएको महको बजारीकरणको व्यवस्था नगरपालिकाले नै गर्ने योजना तय भएको जनाएको छ ।
नमोबुद्ध नगरपालिकाले यसअघि विभिन्न वडाका कृषकका लागि ८० प्रतिशत अनुदानमा १५५ वडा भैँसीको पाडी वितरण गरिसकेको । चालु आवमा नै बाख्रा वितरण गर्ने तयारीमा नगरपालिका रहेको छ । त्यससँगै किसानलाई कृषि शाखामार्फत ७५ प्रतिशत अनुदानमा भुसा काट्ने मेसिन (च्यापकटर), ५० प्रतिशत अनुदानमा मिनीटिलर, इलेक्ट्रिक पम्प र फलफूलको बिरुवा वितरण गर्ने कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ । रासस
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रतिक्रिया