पहिरोले पुरिएर रोल्पामा एकैघरका तीन जनाको मृत्यु
मेरोन्यूज
२०७८ असार ९ गते १४:५७

रोल्पा । रोल्पा नगरपालिका ९ ह्वामाको ढाम्पामा गएराति पहिरोले एक घर पुरिँदा एकाघरका तीन जनाको मृत्यु भएको छ। प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले अविरल वर्षाका कारण घरमाथिबाट झरेको पहिरोले घर पुरिँदा स्थानीय टिकासिंह बुढामगरका ८६ वर्षीय आमा कति बुढामगर, १८ वर्षीया बुहारी सुशिला बुढामगर र १५ वर्षीया छोरी श्यामकला बुढामगरको मृत्यु भएको जानकारी दिए ।
जिल्ला प्रहरी प्रमुख सुवेदीकाअनुसार ६ जना सुतेकामध्ये घरधनी टिकासिंहसहित बालक शक्तिमानलाई हेलिकप्टरबाट उपचारका लागि बुटवल लैजाने तयारी गरिएको छ। पहिरोले पुरिएको घरभित्र फसेका तीनै जनाको उद्दार गरिएको छ।
सम्बन्धित













माघ शुक्ल प्रतिपदा : आज हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया