१३ दिनमा १३ काम गरेका मन्त्री पहाडी

काठमाडौँ । सर्वोच्च अदालतले मंगलबार पछिल्लोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेको मन्त्रिपरिषद खारेज गरेसँगै जिम्मेवारी मुक्त भएका मन्त्री गणेशकुमार पहाडी आफ्नो कामबारे जानकारी दिएका छन् ।
गत जेठ २७ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी पाएका उनी १३ दिन मात्रै जिम्मेवारीमा रहेका थिए । उनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै १३ दिन मन्त्रीको जिम्मेवारीमा हुँदा गरेका १३ वटा कामबारे जानकारी गराएका छन् ।
निवर्तमान मन्त्री पहाडी १३ दिन मन्त्री पदमा हुँदा गरेका १३ कामहरू :
हार्दिक आभार
म २०७८ जेठ २७ देखि असार ८ गतेसम्म नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा रहे । सुखी नेपाली : समृद्ध नेपाल बनाउने महाअभियानमा सरकारमै रहेर प्रत्यक्ष जोडिने यो अवसर प्रदान गर्नु भएकोमा सर्वप्रथम सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति विशेष कृतज्ञता प्रकट गर्दछु ।
सर्वोच्च अदालतको पछिल्लो फैसलाका कारण मन्त्रीका रुपमा मेरो कार्य अवधि ज्यादै छोटो (१३ दिन) रह्यो । संसदीय राजनीतिमा करिव एक दशक र पार्टी जीवनमा झण्डै चार दशक लामो अनुभवलाई मैले मन्त्रीका रुपमा पद वहालीकै दिनदेखि इमान्दारीतापूर्वक मुलुकको समृद्धि साथै जनसरोकारका विषयलाई सम्बोधन गर्ने काममा केन्द्रीत गरेँ भन्ने ठानेको छु ।
कर्मचारी सरुवा–बढुवाभन्दा पनि पहिले प्रणालीलाई व्यवस्थित बनाउन नीतिगत सुधारका काममा यो छोटो समयको पनि भर मग्दुर सदुपयोग गर्ने प्रयत्न गरे । फलत : मन्त्रीका रुपमा १३ दिनको छोटो अवधीमा पनि नीतिगत सुधारतर्फ १३ महत्वपूर्ण काम भएका छन् ।
१३ दिनका १३ काम
१, स्थानीय बजेट तथा कार्यक्रम तर्जुमा समिति र अनुगमन तथा सुपरीवेक्षण समितिको कार्य सञ्चालन कार्यविधी (नमूना) मस्यौदा निर्माण-स्वीकृत ।
२, स्थानीय विपद जोखिम न्यूनिकरण रणनीतिक कार्ययोजना तर्जुमा दिग्दर्शन, २०७८ निर्माण-स्वीकृत ।
३, स्थानीय तहको परियोजनाका लागि जग्गा प्राप्ती सम्बन्धी (पोखरा महानगरपालिका समेत १२ स्थानीय तहको) प्रस्ताव मन्त्रिपरिषद्मा पेस ।
४, स्थानीय राजश्व परामर्श समितिको कार्यसंचालन कार्यविधि (नमूना) मस्यौदा निर्माण-स्वीकृत ।
५, गाउँपालिका/नगरपालिका कार्यविधि (नमूना) मस्यौदा निर्माण/स्वीकृत ।
६, वीर अस्पतालको ओ एण्ड सर्भे सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पेस ।
७, बहुक्षेत्रीय पोषण कार्यक्रम विस्तार सम्वन्धी मापदण्ड निर्माण/स्वीकृत ।
८, ग्रामीण सडक संजाल सुधार आयोजनाका सडक प्राथमिकीकरण सम्वन्धी मापदण्ड निर्माण/स्वीकृत ।
९, कर्मचारी कल्याणका माइलस्टोनमा उल्लेखित कार्यक्रम कार्यन्वयन कार्यदल निर्माण ।
१०, सार्वजानिक खरिदमा कन्टिजेन्सी रकम खर्चलाई व्यवस्थित गर्ने निर्देशिका २०७७ निर्माण/स्वीकृत ।
११, विभिन्न कार्यविधि/निर्देशिका संशोधन सम्वन्धमा (उत्तरी क्षेत्र पूर्वाधार विकास तथा जनस्तर सुधार/प्रादेशिक एवं स्थानीय सडक निर्माण सुधार/प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम/तराई मधेश समृद्धि कार्यक्रम) विनियोजन ऐन र सुशासन ऐनको व्यवस्था ।
१२, स्थानीय विपद प्रतिकार्य योजना (नमूना) मस्यौदा प्रतिवेदन स्वीकृत ।
१३, उच्च पहाडी तथा हिमाली क्षेत्र समृद्धि कार्यक्रमको कार्यदल गठन ।
यसबाहेक, नीति प्रयोगशाला (पोलिसी ल्याब) निर्माण, संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) कानुन र सोको कार्यन्वयनको अवस्था अध्ययन गर्ने कार्य , स्थानीय तहका कर्मचारीहरुको सेवा सुविधा सम्वन्धी मापदण्ड निर्माणको काम पनि अगाडी बढाइएको थियो ।
छोटो अवधीको यो जिम्मेवारीलाई उपलब्धीमूलक बनाउन सल्लाह, सुझाव दिनुहुने मन्त्रीपरिषद्का माननीय उपप्रधानमन्त्रीज्यूहरु, माननीय मन्त्रीज्यूहरु, राजनीतिक नेतृत्व मन्त्रालयका सचिवलगायत कर्मचारी मीत्रहरु,, जिल्ला तथा आफ्नो निर्वाचन क्षेत्रका सबै राजनीतिक दलका साथीहरु, संचारकर्मी साथीहरु, सचिवालय टीममा बसेर सहयोग गर्ने साथीहरु, सुरक्षाकर्मी साथै, सद्भाव, शुभेच्छा प्रकट गर्नुहुने सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । मन्त्री हुँदा प्राप्त गरेका सुविधा मन्त्रालयलाई आज बुझाईसकेको छु भने सरकारी निवास पनि छाडिसकेको छु ।
तपाई हामी सबैलाई थाहा छ, म आवद्ध पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आन्तरिक जीवन यतिबेला निकै नै संकटग्रस्त छ । आफ्नो क्षमताले भ्याएसम्म पार्टीभित्रको आन्तरिक एकतालाई मजबूत बनाउन हरसम्भव इमान्दार प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
गणेशकुमार पहाडी
९ असार, २०७८
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया