चीनले गर्यो बीआरआई बारे एशियाका देशसँग छलफल

काठमाडौँ । चीनले एशिया प्रशान्त क्षेत्रका मुलुकको बेल्ट एण्ड रोड इनिसियटिभ ९बीआरआई० मा केन्द्रित रहेर सम्मेलन आयोजना गरेको छ । चिनले नेपालसहित एशिया प्रशान्त मुलुकका परराष्ट्र र अर्थमन्त्रीसँग आज सम्मेलन गरेको हो ।
विश्वका धनी मुलुकहरुको जी–७ ले बी–३ डब्ल्यू परियोजना अगाडि सारेपछि चीनले एशिया प्रशान्तका ३० देशका प्रतिनिधिसँग बीआरआई र कोरोना महामारीबारे छलफल गरेको हो । नेपालको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल सहभागि भएको थिए । सम्मेलनलाई सम्बोधन गर्दै पौडेलले कोरोना महामारीलाई पराजित गर्न विश्वव्यापी सहकार्य, एकता र ऐक्यवद्धता आवश्यक रहेको बताए ।
संयुक्त राष्ट्रसंघ र अन्य विभिन्न संस्थाका प्रतिनिधिहरु सहभागी सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिङले लिखित सन्देश पठाएका थिए । चिनियाँ विदेशमन्त्री वाङ यीले कार्यक्रमको अध्यक्षता गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सिले चीनले अन्य मुलुकहरुसँग बीआरआई मार्फत सहकार्य गर्न चाहेको बताए । । उनले चीनले अगाडि सारेको सिल्क रोडलाई अगाडि बढाउनुपर्ने उल्लेख गरेका थिए ।
















ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया