प्रतिनिधीसभा विघटन प्रकरण
संबैधानिक इजालसमा दोस्रो दिन पनि सुनुवाई जारी
वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ भन्छन् ‘संविधानको धारा ७६(५) प्रतिनिधिसभाका सदस्यहरूका लागि ब्रह्मास्त्र हो ।’

काठमाडौँ । प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई जारी रहेकोको छ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा ३० वटा रिट परेका छन् । रिट निवेदकले तत्काल संसद पुनः स्थापना गर्न माग गरिरहेका छन् ।
संवैधानिक इजलासमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेका छन् । विपक्षी गठबन्धको तर्फबाट बरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले बहस सुरु गरेका छन् ।
देउवासहित विपक्षी पार्टीहरुका तर्फबाट हिजोबाट शुरु भएको वहसमा आज पनि सोही पक्षका कानुन ब्यवसायीले वहसमा भाग लिएका छन् । आजको बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सांसदहरूले विशेष अधिकार प्रयोग गरेर सरकार गठन गर्नसक्ने बताएका छन् ।
‘संविधानको धारा ७६को उपधारा ५ प्रतिनधिसभाका सदस्यहरूका लागि ब्रह्मास्त्र हो । त्यो अधिकार विशेष रूपमा प्रतिनिधिसभाका सदस्यहरूलाई दिइएको हो ।’ श्रेष्ठले बहसका क्रममा भने ।
संविधानको धारा ७६(५) प्रतिनिधिसभाले सरकार गठन गर्ने अन्तिम समयसम्म प्रयास गरोस् र सरकार गठन हुने अवस्थासम्म संसदले काम गरोस् भन्नका लागि सांसदहरूलाई विशेष अधिकारका रुपमा दिइएको श्रेष्ठको भनाई थियो ।
ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिले जेष्ठ ८ गते मध्यरातमा संसद विघटन गरिदिएकी थिइन् ।
त्यसपछि अदालतमा परेको रिटमा सर्वाेच्चले लिखित कारण माग गरेर हिजो वुधबारवाट निरन्तर सुनवाई शुरु गरेको हो । अदालतले पक्ष-विपक्षका वकिलहरुलाई १५ घण्टाका दरले वहस समय निर्धारण गरेको छ । त्यस्तै अदालतको सहयोगीका रुपमा रहेका एमीकस क्यूरीका ४ सदस्यलाई आधा घण्टाका दरले दुई घण्टा समय तोकिएको छ ।
२०७७ पुस ५ गते पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनका क्रममा त्यतिबेला सरकार पक्षकाले प्रधानमन्त्रीमा विशेष अधिकार रहेको भनेको र अहिले आएर राष्ट्रपतिलाई विशेष अधिकार भनिरहेको विहिवारको वहसका क्रममा वरिष्ठ अधिवक्ता श्रेष्ठले भने ।
विपक्षी गठबन्धनको रिटमा बुधवार ५ जना कानुन व्यवसायीले बहस गरेका थिए । बरिष्ठ अधिवक्ता बद्री बहादुर कार्की, शम्भु थापा, महादेव यादव, अधिवक्ता खम्ब बहादुर खाती र गोविन्द शर्मा बन्दीले बहस गरेका थिए । आज बरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठ, हरिहर दाहाल, शेर बहादुर केसी, अधिवक्ता डा. दिनमणी पोखरेल, बरिष्ठ अधिवक्ता तुलसी भट्ट, वोर्णबहादुर कार्की लगायतले बहस गर्दैछन् ।
















निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने
पीएम कप : गण्डकीमाथि बागमतीको शानदार जित
मंगलबार पनि बढ्याे नेप्से, २३ अंकले बढ्दा १४ अर्ब ८३ करोडकाे काराेबार
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
इराकमा हवाई आक्रमण,हसद अल–शाबीका १५ जना लडाकु मारिए
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
प्रतिक्रिया