शनिबार, फागुन १६, २०८२

ललितपुर महानगरको नगरसभा बहुमत सदस्यले बहिष्कार गर्ने

मेरोन्यूज २०७८ असार १० गते १३:१७

काठमाडौँ । ललितपुर महानगरपालिकाको नगरसभा बहुमत सदस्यहरुले बहिष्कार गर्ने भएका छन् । नगरसभामा रहेका ६६ जनाले बहिकार गर्ने निर्णय गरेका छन् । नगरसभामा ९२ सदस्य रहेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

त्यमध्ये नेकपा एमाले र माओवादी केन्द्रबाट निर्वाचित नगरसभा सदस्यहरुले बहिस्कार गर्न लागेको जनाइएको छ । एमाले र माओवादीबाट निर्वाचित नगरसभा सदस्यहरुले प्रेस विज्ञप्ति जारी गर्दै नगरसभा बहिष्कार गर्न लागेको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “स्थानीय सरकार सच्चालन ऐन २०७४ को दफा ७१ मा बजेट पारित गर्नेको उपदफा १ बमोजिम नगर सभामा प्रस्तुत हुने नीति तथा कार्यक्रम बजेट कार्यपालिकाबाट पारित गरेर मात्र नगर सभामा उप प्रमुखले पेश गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । नगर प्रमुखले नीति तथा कार्यक्रम कार्यपालिकामा पेश गरेपछि कार्यपालिका सदस्यहरुले अध्ययन गर्नुपर्छ भन्दा भन्दै पनि नगर प्रमुखले अध्ययन कै क्रममा रहेको नीति तथा कार्यक्रम नगर उप प्रमुखले पेश गर्न गइरहेकाले कार्यपालिका सदस्यको गम्भिर ध्यानाकर्ष भएको छ ।”

ललितपुरमा मेयर चिरीबाबु महर्जन र उपमेयर गिता सत्याल नेपाली कांग्रेसका हुन् । लतिलपुर महानगरमा कांग्रेस अल्पमतमा छ । ६६ जना नगरसभा सदस्य र ३९ जना कार्यपालिका सदस्यहरुमध्ये २६ जना आजको नगरसभामा सहभागी नहुने विज्ञप्तिमा उल् लेअ छ ।

नगरसभामा दिउँसो १ बजे बजेट प्रस्तुत गर्ने मेयर महर्जनको तयारी छ । असार १० गते देशभरका स्थानीय तहहरुले बजेट ल्याउनु पर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया