ओलीले गल्ती स्वीकारे उनलाई स्वागत गर्न सकिन्छ : नेता नेपाल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती स्वीकार गरेर आए उनलाई स्वागत गर्न सकिने बताएका छन् ।
आज संसद भवन नयाँ वानेश्वरमा सम्पादकहरूसँगको छलफलमा नेता नेपालले आफुहरु कुर्सीका लागि नभई देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन लागेको बताए । उनले अहिलेको बेलामा सवैको हातेमालो आवश्यक रहेको बताए । उनले देश जोगाउने जिम्मेवारी राजनीति दल र मिडियाकर्मीको भएको बताए ।
उनले भने, देश जोगाउने अभिभारा तपाइँहरुको हो, हाम्रो हो, हामी सवैको हो । देशमा गणतन्त्र आएको छ, संघीयता आएको छ । जनताको चेतना प्रखर भएको छ । सुशासनको प्रत्याभुति, संविधानको रक्षा र सहि काम गरेर जनताको जीवनलाई सम्मृद्ध बनाउनुपर्ने बेलामा संसदलाई विघटन गरेर चुनाव नै हुननसक्ने चुनावको घोषणा गर्नु ओलीको अहंकार मात्रै हो । यो कोर्स करेक्सन गरौ । त्रुटि कमजोरी हुन्छन् सुधार गर्न सकिन्छ ।’ उनले ओलीको अहंकारले संसद विघटन गरेपनि कोर्स करेक्सन गर्न सकिने बताए ।










काम नगरेका सडकसम्बन्धी २५ रुग्ण ठेक्का तोडियो
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
एसएसपी विश्व अधिकारी डीआईजी बढुवाका लागि सिफारिस
जेनजी आन्दोलनका क्रममा फरार दुई थुनुवा पक्राउ
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
प्रतिक्रिया