ओलीभन्दा कांग्रेस वामपन्थी : प्रचण्ड (भिडियाे)

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीभन्दा कांग्रेस वामपन्थी भएको बताएका छन् । सम्पादकहरुसंगको अन्तरक्रिया कार्यक्रमा प्रचण्डले ओलीले दक्षिणपन्थी शक्तिसंग मिलेर वामपन्थी सिध्याउन लागेको आरोप लगाएका छन् ।
उनले कांग्रेस संविधान र लोकतन्त्र बचाउन लागेको तर ओली संविधान र लोकतन्त्र सिध्याउन लागेका बताए । प्रचण्डले ओलीले आफूलाई फोन गरेर ‘तपाई वामपन्थीको सरकार ढालेर काँग्रेससँग मिलेर के गर्न लाग्नुभएको ?’ भनेर सोध्दा आफूले ‘काँग्रेस त तपाइँभन्दा धेरै वामपन्थी रहेको जवाफ दिएको बताए । अको प्रश्नमा प्रचण्डले गठबन्धन लामो समयसम्म रहिरहने बताए ।
राजनीतिक र सैद्धान्तिक धरातलमा उभिएको गठबन्धन भएको भन्दै उनले संविधान, लोकतन्त्र, राष्ट्रियता र जनताको पक्षमा उभिन गठबन्धनमा रहेका सबै दलबीच न्यूनतम सहमति भएको बताए ।
उनले भने, ‘सरकार बनाउन वा एउटा निर्वाचन जित्नका लागि मात्रै गठबन्धन गरिएको होइन । एउटा चुनाव जित्न वा ओली हटाउनका लागि मात्रै नभएर दीर्घकालीन रुपमा संविधान, लोकतन्त्र र राष्ट्रियता जोगाउन गठबन्धन निरन्तर रहने छ । गठबन्धनमा रहेका दलमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चामा आन्तरिक राजनीतिक समस्या छैन । विद्रोहको झण्डा बोक्ने एमालेका माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवका समस्या पनि गठबन्धनको साझा समस्या हुन् । ती समस्या सबै मिलेर समाधान गरिन्छ ।’
‘कांग्रेस, जनमोर्चा र हामीमा समस्या छैन । माधवजी र उपेन्द्रजीहरुलाई परेको अप्ठ्याराहरुमा हामी संगै छौं। त्यसलाई गठबन्धनले साझा रुपमा लिन्छ’, दाउनले भने । उनले नेपालको भूराजनीतिक जटिलताका कारण यसको आफ्नै समस्या भएपनि राष्ट्रको स्वतन्त्रता र सार्वभौमसत्ता रक्षा गठबन्धनको साझा एजेण्डा रहेको बताए । प्रचण्डले ओली यति धेरै गल्ती गर्दा पनि गल्ती स्वीकार गर्न तयार नभएको बताए ।















नेपाल प्रहरीका ४८ एसपीको सरुवा, झापामा बसुन्धरा खड्का
हालसम्म ८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न
पर्सामा एक सय ६७ मतदानस्थल कायम
सुरक्षा निकायका टोलीद्वारा मतदानस्थलको अनुगमन
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
पूर्णबहादुरकाे चेतावनी – आयोगले गगन समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्छाैं
प्रतिक्रिया