संवैधानिक इजलासमा सरकारी पक्षबाट बहस सुरु, महान्यायाधीवक्तालाई दिइयो ३ घण्टा

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा विपक्षीतर्फबाट महान्यायाधीवक्ता रमेश बडालले बहस सुरु गरेका छन् । उनलाई बहस गर्न तीन घण्टा समय दिइएको छ ।
संवैधानिक इजलासमा हिजो आइतबार रिट निवेदक पक्षबाट बहस सकिएको थियो । आजदेखि विपक्षी पक्षका वकिल तथा कानुन व्यवसायीहरूले बहस सुरु गरेका हुन् । रिटमा विपक्षी बनाइएका राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका तर्फबाट बहस गर्न १५ घण्टाको समय निर्धारण गरिएको छ ।
विपक्षी पक्षको बहस सकिएसँगै निवेदक पक्षले थप ३ घण्टा जवाफी बहस गर्न पाउने छ । जवाफी बहसपछि एमिकस क्युरीमा रहेका वरिष्ठ अधिवक्ताहरूले आफ्नो राय दिने छन् । अन्तमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले फैसला सुनाउने छ ।
गत जेठ ७ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । सोही कदमलाई लिएर गत असार ९ गतेदेखि निरन्तर बहस भइरहेको छ ।
















पहुँचका भरमा सवारी सुुविधा लिइरहेकाबाट फिर्ता गराइँदै
सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै घर भत्काइयो
जिफन्टद्वारा नौबुँदे घोषणापत्र सार्वजनिक
नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
प्रतिक्रिया