पहिरोका कारण बिहानैदेखि पृथ्वी राजमार्ग अवरुद्ध
मेरोन्यूज
२०७८ असार १६ गते ८:३९

काठमाडौं । मङ्गलबार रातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ ।
पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे – ४ मा आज बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो ।
लेदो माटोका कारण १२ चक्के ठूलो गाडी फसेपछि राजमार्ग अवरुद्ध भएको थर्पुका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिए । पहिरो झरे पनि साना सवारी सञ्चालन भइरहेका थिए, १२ चक्के गाडीले जबरजस्ती हालिदिएपछि लेदो माटोका कारण सवारी फस्यो,ु उनले भने, ुत्यसलाई हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको छ ।
उक्त सवारी हटाउन जेसीभीका लागि सडक कार्यालयसँग समन्वय गर्न खोजे पनि सम्पर्क हुन नसकेपछि स्थानीय व्यक्तिको जेसीभी ल्याएर काम गर्न सुरु भएको उनले बताए ।रासस
सम्बन्धित















एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने
आगलागीले निस्सासिएकी वृद्धाको उद्धार
कहाँकहाँ स्थापना भए काठमाडौँका निर्वाचन कार्यालय ?
पूर्वप्रधानमन्त्री देउवा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
प्रतिक्रिया