बालुवाटारमा एमाले बैठक शुरु

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ।
बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित कारबाही गरिएका एघार जना बाहेक सबैलाई बोलाइएको छ । तर माधव समूहका नेताहरु भने गएका छैनन् । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको आजको बैठकले महाधिवेशन आयोजक कमिटीलाई विघटन गरेर केन्द्रीय कमिटी बैठकको आह्वान गर्ने बताइएको छ ।
केन्द्रीय कमिटी बैठक बोलाइएसँगै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी स्वतः पुनर्वहाली हुने र माधवकुमार नेपालसहित ११ नेतालाई गरिएको कारबाही समेत स्वतः निष्क्रिय हुने भएको छ ।
मंगलबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटी भंग गर्दै पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निर्णय गरेको थियो । शुक्रबार एकतापूर्वको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको छ ।
विसं २०७५ जेठ ३ गतेसम्म जो जुन पदमा थिए त्यही पदीय जिम्मेवारीसहित केन्द्रीय कमिटी बैठकमा सहभागी हुनेछन् । गत वर्ष फागुन २३ गते सर्वोच्च अदालतले एमाले ब्युँताएको थियो ।
















नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
सभामुख अर्यालसँग चिनियाँ राजदूतको शिष्टचार भेट
हुलाकबाट घरमै राहदानी वितरण १४ जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
रुवान्डामाथि नेपालको जित
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
ओलीको नयाँ भर्सन बालेन सरकार- हर्क साम्पाङ
प्रतिक्रिया