मंगलबार, माघ ६, २०८२

बालुवाटारमा एमाले बैठक शुरु

मेरोन्यूज २०७८ असार १६ गते १२:५४

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ।

Advertisement
thakur moters insidethakur moters inside

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित कारबाही गरिएका एघार जना बाहेक सबैलाई बोलाइएको छ । तर माधव समूहका नेताहरु भने गएका छैनन् । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको आजको बैठकले महाधिवेशन आयोजक कमिटीलाई विघटन गरेर केन्द्रीय कमिटी बैठकको आह्वान गर्ने बताइएको छ ।

केन्द्रीय कमिटी बैठक बोलाइएसँगै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी स्वतः पुनर्वहाली हुने र माधवकुमार नेपालसहित ११ नेतालाई गरिएको कारबाही समेत स्वतः निष्क्रिय हुने भएको छ ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटी भंग गर्दै पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निर्णय गरेको थियो । शुक्रबार एकतापूर्वको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको छ ।

विसं २०७५ जेठ ३ गतेसम्म जो जुन पदमा थिए त्यही पदीय जिम्मेवारीसहित केन्द्रीय कमिटी बैठकमा सहभागी हुनेछन् । गत वर्ष फागुन २३ गते सर्वोच्च अदालतले एमाले ब्युँताएको थियो ।

प्रतिक्रिया