मंगलबार, वैशाख १५, २०८३

अझ, राष्ट्रपतिलाई हु आर यू भन्ने ? : अधिवक्ता पन्त

मेरोन्यूज २०७८ असार १६ गते १४:२३

काठमाडौँ । प्रतिनिधिसभा विघटनको रिटमाथि सरकारको पक्षबाट बहस गर्दै वरिष्ठ अधिवक्ता सुशील पन्तले राष्ट्रपति विद्यादेवी भण्डारीलाई मुद्दा नलाग्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बहस गर्दै उनले भने, ‘राष्ट्रपतिलाई त मुद्दा लाग्दै लाग्दैन ।’

Advertisement
NiccNicc

यस्तै, उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘तिमी को हौ ?’ भन्न नमिल्ने बताए । निवेदक तर्फका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता शम्भु थापालाई जवाफ दिँदै पन्तले भने, ‘कार्यालयलाई विपक्षी बनाएर मुद्दा ल्याउने, अझ राष्ट्रपतिलाई हु आर यू भन्ने ?’

जेठ ९ मा निवेदकको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता थापाले बहुमत सदस्यको हस्ताक्षरसहित शेर बहादुर देउवाले प्रधानमन्त्रीमा गरेको दाबी अस्विकार गर्ने भन्दै राष्ट्रपतिलाई प्रश्न गरेका थिए, ‘हु आर यु ?’

धारा ७६(५) अनुसार राष्ट्रपतिले आफ्नो भनाई नै राख्न मिल्दैन भनेर संविधानमा परिकल्पना नगरेको पन्तको जिकिर थियो । कोरोनाका कारण २५ जनाभन्दा बढी भेला हुन नपाउने अवस्थामा भीड जम्मा गरी विघटनविरुद्धको रिटमा हस्ताक्षर सनाखत गराएको भन्दै उनले आपत्ति जनाए ।

‘न्यायमा अदालत प्रशासनले सहयोग गर्ने हो,’ पन्तले भने, ‘गैर कानुनी कागजात बनाउने अनि वारिसमार्फत पनि कागजात प्रमाणित गराउने, यस्तो प्रक्रियागत त्रुटीमा मेरो अब्जेक्सन छ ।’

प्रतिक्रिया