अभियान्ता ज्वाला संग्रौलाको विवाह दर्ता नै कीर्ते, यी कसुरमा हुँदै छानविन

काठमाडौँ । आफूलाई सामाजिक अभियान्ता बताउँदै आएकी ज्वाला संग्रौला उर्फ टीका आफ्नो विवाह दर्ताको सरकारी कागज पत्र किर्ते गरेको पाइएको छ ।
युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले आफूमाथि कुटपिट भएको भन्दै जाहेरी दिएपछि असार ६ गते पक्राउ परेकी थिइन् । सोही क्रममा अनुसन्धानका लागि प्रहरीले अदालती प्रक्रिया पूरा गर्न उमेर पुगेको कागज पत्र प्रमाणीत गर्दा उनले पेश गरेका कागजातमा कीर्ते गरेको पाइएको हो ।
संग्रौलाको जन्म स्थानसमेत रहेको पाँचथरको हिलिहाङ गाउँपालिकामा कागजात भेरिफिकेसनका लागि विवरण माग्दा सरकारी छाप र लेटरप्याडको दुरुपयोग गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रहरीले ज्वालासहित हिमाल उपाध्याय र शर्मिला वाइवालाई पनि पक्राउ गरेको छ । अनुसन्धानका क्रममा प्रहरीले ज्वालाबाट प्राप्त गरेको जन्मदर्ता र विवाह दर्ता प्रमाणीत गर्न सोधखोज गर्दा उक्त कागजपत्रहरू फर्जी भएको प्रमाणीत भएको छ ।
ज्वालाले प्रहरीमा पेश गरेका उक्त कागजात २०७४ असार ५ मा साविका साबिक सुभाङ गाविसको लेटर प्याडमा प्रमाणित गरिएका छन् । तर, त्यसको ४ महिनाअघि नै तत्कालीन गाविस संघीय संरचनाअनुसार गाउँपालिका भइसकेको थियो ।
संघीय संरचना २०७३ साल चैत्र ३ गतेबाट साबिक सुभाङ गाविस ३ नम्बर वडादेखि ७ नम्बर वडा हालको हिलिहाङ ५ को वडा भइसकेको भन्ने व्यवहोराको पत्र गाउँपालिकाले परिसरमा पठाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतका अनुसार ज्वालाविरुद्ध अभद्र व्यवहार, जातीय भेदभाव र सरकारी लिखत कीर्तेसम्बन्धी कसुरमा छानबिन भइरहेको छ ।
गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले खुस्बुमाथि १६ जेठमा आक्रमण गरेको थियो ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















चोरीका सामान र नगदसहित चार जना पक्राउ
कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली
लुम्बिनी प्रदेशसभा बैठकः सरकारप्रति प्रश्न र सुझाव
कलाकार बलेमाथि अनुसन्धान जारी, भ्रामक सूचना नफैलाउन आग्रह
सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया