कामचलाउ सरकारद्वारा एकैपटक एक दर्जन बढी निकायमा पदाधिकारी नियुक्त

काठमाडाैं । कामचलाउ सरकाले एकै पटक एक दर्जनबढी संस्थामा नियुक्ति गरेकाे छ । साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले विभिन्न निकायकाे रिक्त पदमा पदाधिकारी नियुक्त गरेकाे हाे ।
सरकारले राष्ट्रिय समाचार समिति (रासस)काे महाप्रबन्धकमा सिद्धराज राई, सार्वजनिक खरीद पुनरवलोकन समितिका अध्यक्षमा भीमकुमार ओझा (पाँचथर) र सदस्यमा महेन्द्रबहादुर गुरुङ (ओखलढुङ्गा) तथा राष्ट्रिय योजना आयोगका सदस्यमा राजबहादुर गिरी (बाजुरा)लाई नियुक्त गरेकाे छ ।
त्यस्तै राष्ट्रिय बीमा संस्थानका प्रशासकमा कविप्रसाद पाठक(झापा)लाई पुनः नियुक्त र नेपाल इञ्जिनीयरिङ परिषद्का रजिष्ट्रारमा इ शिवमंगल गिरीलाई नियुक्त गरिएको छ ।
नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समितिका अध्यक्षमा डा अर्जुन कार्की तथा सदस्यमा डा अमिना सिंह, डा असीम ढकाल, प्रा डा विपीनचन्द्र अधिकारी, वीरेश शाह, डा दोभान राई, डा सङ्गीताकौशल मिश्र, डा सूर्यराज आचार्य, डा उत्तमबाबु श्रेष्ठ र श्रवणकुमार राणालाई नियुक्त गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
यसैगरी विदूषी योगमाया आयुर्वेद विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका सदस्यमा खड्गबहादुर राई र वाङ्छेदर लामालाई नियुक्त गरिएको छ ।
















कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते
गर्मीमा खानै हुन्न यी खानेकुराहरु
आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले
Government decides to recommend President again for issuing ordinance related to Constitutional Council
होर्मुज जलडमरूमध्यमा अवरोधबीच तेल सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ठूलो प्रभाव : जापान
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया