बाबा ग्यास उद्योगमा पस्यो खोला

चितवन । खैरहनी नगरपालिका वडा नम्बर १ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा खोला पसेर क्षति पुर्याएको छ । कयर खोलाले उद्योगमा क्षति पु¥याएको हो । उद्योगका निर्देशक बिमल कालाखेतीका अनुसार त्यहाँका धरै सिलिन्डर बगाएका छन् । उनले भने, “यहाँका सिलिन्डर बगाएर सौराहा सम्म पुगेका छन् ।” बाढीले उद्योगको संरचनामा नोक्सान पुर्याएको छ ।
उद्योगमा १० देखि १५ हजार सिलिन्डर रहन्छ । के कति सिलिन्डर बगायो र अरु नोक्सान कति भयो भन्ने बारेमा एकिन भइसकेको छैन । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले निरन्तरको वर्षाले पूर्वी चितवनको खैरेनीसँगै रत्ननगर, राप्ती र कालिका नगरपालिका प्रभावित भएको बताए । स्थानीय खोलाहरू बढेर पुलहरू उच्च जोखिममा रहेको उनले बताए । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारका लागि खटिएको छ ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार पूर्वी चितवनका खगेरी, कयर र लदरी खोलाले खैरहनी नगरपालिका वडा नम्बर १,२,३,८ र ९ सँगै रत्ननगर नगरपालिकाको वडा नम्बर ३ शान्ति चोक डुबानमा परेको छ । कतिपयलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको उनले बताए । लदरी खोलाको चैनपुर चोकबाट भित्र रहेको नयाँ पुल बाढीले वगाएको छ । लोथर र राप्ती खोलासमेत बढ्दै गएको भन्दै उनले सौराहा पनि डुबानको खतरामा रहेको जानकारी दिए । रासस










विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु
आज तराईमा हुस्सु-कुहिरो बढ्ने : मौसम महाशाखाले जारी गर्यो चेतावनी
आज दुई संसदीय समितिको संयुक्त बैठक बस्दै
अर्थपूर्ण भारत भ्रमणमा डा. बाबुराम भट्टराई
मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया