म्यानमारका दुई हजार ३०० बन्दी रिहा

म्यानमार । म्यानमारको कारागारमा राखिएका दुई हजार ३०० बन्दीहरुलाई बुधबार रिहा गरिएको छ । सेनाले सत्ता कब्जा गरेको विरोधमा प्रदर्शनमा उत्रिँदा पक्राउ परेर कारागारमा राखिएकामध्ये दुई हजार ३०० जनालाई रिहा गरिएको हो ।
पक्राउ परेर रिहा हुनेमा केही पत्रकारहरू पनि रहेको जनाइएको छ । देशको खस्कँदो अवस्थाबाट मानिसको ध्यान अन्यत्र स्थानान्तरण गर्न उनीहरुलाई रिहा गरेको बताइएको छ । राजबन्दीहरुको अधिकारसम्वन्धी एउटा समुहका अनुसार देशभरीबाट पाँच हजार २१० जनालाई कारागारमुक्त गर्ने अपेक्षा गरिएको थियो ।
म्यानमारमा गत फेब्रुअरी १ तारिखमा सेनाले सत्ता कब्जा गरेपछि सेनाको कदमका विरुद्धमा आन्दोलन भइरहेको छ । आन्दोलनका क्रममा सयौँको मृत्यु भएको छ भने अरु हजारौ घाइते र बन्दी भएका छन् । आन्दोलन अहिले पनि जारी रहेको छ । सेनाले सत्ता कब्जामा लिएर चर्चित प्रजातन्त्रवादी नेतृ आङसाङ सूचीलगायत केही शीर्षस्थ नेताहरूलाई नियन्त्रणमा लिएकाले पनि आन्दोलन बढी चर्किएको हो ।
सेनाले नियन्त्रणमा लिएका नेताहरूलाई भ्रष्टाचारलगायतका विभिन्न मुद्धा लगाएको छ । उनीहरुलाई राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको भन्दै मुद्दा फिर्ता लिन र तत्काल रिहा गर्न माग पनि आन्दोलनकारीहरूले गरेका छन् । सेनाको कदमको विश्वभरबाट विरोध भइरहेको छ । कतिपय देश तथा अन्तर्राष्टिय निकायहरुले म्यानमारसँगको सहकार्य र सहयोग पनि बन्द गरेका छन् ।
गत बर्ष भएको निर्वाचनमा सूचीको पार्टीले धेरै ठाँउँमा जीत हासिल गरेपछि सेनाले निर्वाचनको परिणामप्रति असन्तुष्टि जनाउदै आएको थियो । निर्वाचनमा धाँधली भएको र निष्पक्ष तथा स्वतन्त्र रूपमा नभएकोले फेरि निर्वाचन गर्न पर्ने सेनाको माग थियो ।
सेनाको मागलाई पर्यवेक्षक र निर्वाचन आयोगसमेतले अस्वीकार गरेपछि नव गठित संसदको पहिलो बैठक तोकिएकै दिन सेनाले नेताहरूलाई नियन्त्रणमा लिएर शासन हातमा लिएको हो ।
















आज देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया