आजको राशिफलः आषाढ १८ गते शुक्रबार

काठमाडौं । आज २०७८ साल आषाढ महिनाको १८ गते शुक्रबार, आषाढ कृष्णपक्षको अष्टमी तिथि । अब लागौं आजको राशिफलतर्फ
मेष
भविष्य प्रतिको चिन्ताले पिरोल्ने छ । मनमा दुविधाको मात्रा धेरै बढ्न पुग्ने छ । बोलीमा कटुपना देखा पर्ने भएकाले संयमित रहनु होला । पेशागत जीवनमा स्थिरत रहने छ । आम्दानीमा पनि बृद्धि हुन पुग्ने छ ।
वृष
चलाख व्यक्तित्व हुने छ । पेशागत जीवन र आम्दानीमा सकारात्मक नतिजा देखा पर्ने छ । पारीवारिक जीवनमा भने द्वन्दको वातावरण सृजना हुन पुग्ने छ । आम्दानीका लागि यात्रामा निस्कनु पर्ने हुन सक्छ ।
मिथुन
भाग्यको साथ नरहेकाले कार्य अवरोध औसत भन्दा धेरै हुन पुग्ने छ । रिस धेरै उठ्ने भएकाले यसलाई नियन्त्रण गर्न ध्यान दिनु होला । जीवनसाथिको साथका कारण पेशागत जीवनमा सकारात्मक नतिजा प्राप्त हुने छ । व्यक्तित्व दृढ बन्ने छ ।
कर्कट
मनोबलको कमि हुने छ भने मनमा दुविधात्मक सोचाईहरुले गर्दा अन्योलता उत्पन्न हुन पुग्ने छ । शारीरिक कमजोरीले सताउने छ । भाग्यको साथ रहेकाले धेरै हानि भइहाल्ने अवस्था नभएकाले डराई हाल्नु पर्ने समय रहेको छैन् । पेशागत जीवनमा गम्भीर अवरोध र जटिलताहरु आउने छन् ।
सिंह
पेशागत जीवन औसत रहने छ । मनोबलको पनि कमजोरी देखा पर्ने भएकाले संयमित भई पाइला चाल्नु होला । मनमा दुविधाले सताउने हुँदा निराशाजनक भावले पिरोल्ने छ । तरल पदार्थको कारोवारमा सक्रियहरुलाई समय धेर्य गरि पाईला चाल्नु पर्ने खालको छ ।
कन्या
भाग्यको साथ रहेकाले धेरै प्रतिकुलताबाट भने जोगाउने छ । आम्दानीका स्रोतहरुमा जटिलताहरु देखा पर्न जाने छन् । औसत रुपमा नियमित तवरले भइरहेका कामहरु रोकिन जाने छन् । पेशागत जीवनमा समस्याहरु आउने छन् । धैर्य भएर पाईला चाल्नु पर्ने समय रहेको छ ।
तुला
भाग्यको साथका कारण आकस्मिक आम्दानी भने प्राप्त हुने छ । पेशाप्रति समर्पित हुन मन लाग्ने हुँदा हुँदै पनि आफुले खेलेको भुमिकाको उचित मुल्यांकन नहुँदा मनोबलमा कमि आउने छ । मनमा धेरै दुविधा आउने छन् । व्यापारिक क्षेत्रमा रहेकाहरुले धेरै जोखिमपूर्ण निर्णय लिने समय होइन् ।
वृश्चिक
सन्तानबाट सुख पनि प्राप्त हुने छ । पेशागत जीवनमा भने समस्याहरु देखा पर्ने समय रहेकाले विचार गरेर मात्र कदम चाल्नु होला । राजनीति, प्रशासन, ठेक्कापट्टा, कपडाको व्यापार आदी जस्ता क्षेत्रमा आवद्धहरुलाई समय जोखिमपूर्ण रहेको छ ।
धनु
शारीरिक कमजोरीले सताउने छ भने मनोबलमा कमि आउने छ । घर परिवारमा द्वन्दको अवस्था देखिने छ । पर्यटन, होटल, रेष्टुरेण्ट, सुरक्षा निकाय, बाउन्सर, खेल, सेक्युरिटि क्षेत्र, जलविद्युत क्षेत्रमा संलग्न रहेकाहरुलाई चुनौतिपूर्ण देखिन्छ ।
मकर
प्रतिष्पर्धात्मक स्वाभाव उच्च रहने भएकाले कठिनाईहरुसँग जुध्न तागत प्राप्त हुने छ । कडा शैलीको व्यक्तित्व हुने छ । रिस पनि धेरै उठ्ने भएकाले यस बारेमा संयमित रहनु होला । पेशागत जीवन औसत अवस्थामा रहने छ । साझेदारीमा गरिएका कामहरुमा समस्याहरु देखा पर्ने छन् ।
कुम्भ
प्रतिष्पर्धात्मक क्षमतामा गिरावट देखा पर्ने छ । बौद्धिकताको मात्रामा भने बृद्धि हुने छ । तर सो अनुसारको अवसर प्राप्त नहुँदा मनमा निराशाको भावले सताउने छ । पेशागत जीवनमा कठिनाईहरुको सामना गर्नु पर्ने भएकाले संयमित रहनु होला । व्यापार व्यवसायमा रहेकाहरुले धेरै लगानीको मात्रा नबढाउँदा उपयुक्त हुने छ ।
मीन
कामको शिलशिलामा विदेश यात्रामा जान चाहनेहरुका लागि समय अनुकुल बन्ने छ । नरम व्यक्तित्व हुने भएकाले सबैसँग मिल्न सक्ने स्वाभाव हुने छ । सितल खालको व्यक्तित्व हुने छ । पेशागत जीवनमा अवरोधहरु देखा पर्न जाने छन् । भाग्यको साथ नरहेकाले कर्मको मात्रा बढाउनु होला ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८
















आज देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया