कांग्रेसका तीन राजकुमारहरुको बैठक स्थगित

काठमाडौं । कांग्रेसका तीन राजकुमारहरुले आजका लागि तय गरेको केन्द्रीय सदस्यहरसँगको अनौपचारिक छलफल स्थगित गरेका छन् ।
उपसभापति विमलेन्द्र निधी, महामन्त्री शशांक कोइराला र पूर्वमहामनत्री प्रकाशमान सिंहले आजका लागि तय भएको छलफल स्थगित गरेका हुन् । पछिल्लो पटक चाक्सीबारीस्थित सिंहको निवासमा बसेको बैठकले आज केन्द्रीय सदस्यसँग छलफल गर्ने निर्णय गरेको थियो ।
नेता सिंहले क्रियाशील सदस्यको विषय नटुंगिएको र आज नै क्रियाशील सदस्यता छानबिन समिति, पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्नु पर्ने भएकाले आजका लागि तीन जनाले तय गरेको केन्द्रीय सदस्यहरूसँगको अनौपचारिक छलफल स्थगित भएको जानकारी गराएका छन् ।
निर्धारित मितिभित्र महाधिवेशन सम्पन गराउनुको विकल्प नभएकाले महाधिवेशनको वातावरण बनाउँदै आवश्यकता अनुसार भेटघाट र छलफलका क्रमहरुलाई निरन्तरता दिंदै जाने पनि उनले उल्लेख गरेका छन् ।
काग्रेसका तीन संस्थापक नेताहरु वीपी कोइराला पुत्र डा. शसांक कोइराला, महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र निधि र लौहपुरुष गणेशमान सिंहका छोरा प्रकाशमान सिंहलाई राजकुमार भनेर चर्चा गर्ने गरिन्छ ।
काग्रेसमा यी तीन नेतालाई राजकुमार पनि भनिन्छ । राजकुमारहरुको आज केन्द्रीय सदस्यहरुसँग डा. शसांकको निवासमा छलफल गर्ने गरी प्रकाशमान सिंहको निवास चाक्सीवारीमा बसेको बैठकले निर्णय लिएको थियो । त्यही बैठक स्थगित भएको हो ।
१४ औं महाधिवेशनको मिति नजिकिएसँगै यी तीन नेताको भेटघाट बाक्लिएको हो । तीन जनाले सभापतिका लागि आंकाक्षा देखाएका छन् । सहमतिमा अघि बढ्ने भनेर छलफल अघि बढाएपनि कसलाई सभापतिमा अघि सार्ने भन्ने अझै निर्क्यौल गर्न सकेका छैनन् ।
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल
अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
प्रतिक्रिया