प्रविधि आत्मसात गर्दै उत्पादनमा जोड दिन मुख्यमन्त्रीको आग्रह
मेरोन्यूज
२०७८ असार १८ गते २०:४२

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सहकारीले प्रविधिलाई आत्मसात गर्दै उत्पादनशील क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।
काठमाडौंमा स्थापित हब कोअपरेटिभ सर्भिस लिमिटेडको कास्की सेवा केन्द्रको शुक्रबार शुभारम्भ गर्दै मुख्यमन्त्री पोखरेलले ससानो लगानी संकलन गरी उत्पादनशील क्षेत्रमा लगानी गर्न समृद्धिका लागि सहायकसिद्ध हुने बताएका हुन् ।
बखानसिंह गुरुङले नेपालमा सहकारी अभियान सुरु गरेको स्मरण गर्दैै उनले प्रथम निर्वाचित प्रधानमन्त्री विपी कोइरालाले इजरायलसँग सम्बन्ध विस्तार गरेर सहकारीलाई थप उचाइमा पुर्याएको बताए ।
सामूहिक रुपमा उद्यम गर्न चाहने युवाहरूलाई प्रोत्साहन गर्न प्रदेश सरकार र युवा उद्यमीहरू बीच लगानी साझेदारीमा ‘उद्यमी युवाः समृद्ध प्रदेश निर्माणमा टेवा’ कार्यक्रम सञ्चालन गरिने समेत उनले बताए ।
सम्बन्धित
















बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल
अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
प्रतिक्रिया