बुधबार, वैशाख १६, २०८३

आज दिनभर यी प्रदेशमा पर्नेछन् धेरै वर्षा

मेरोन्यूज २०७८ असार १९ गते ८:०५

काठमाडौं । शुक्रबार मध्यरातिदेखि लगातार परिरहेको वर्षा आज पनि जारी रहने भएको छ । दिउँसोतिर केही थामिएपनि फेरि साझपखबाट वर्षा निरन्तर जारी रहने मौसमविद्हरुले बताएका छन्।

Advertisement
NiccNicc

मौसमविद् वरुण पौडेलका अनुसार, काठमाडौंलगायत देशका विभिन्न स्थानमा मध्यरात देखि नै भारी वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले शनिबार जारी गरेको मौसम पूर्वाुनुमान बुलेटिनअनुसार दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुने छ । त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस्तै राति पनि प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, र गण्डकी प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहनाका साथै प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया