बुधबार, वैशाख १०, २०८२

कैलालीमा निषेधाज्ञा एक सात थप

मेरोन्यूज २०७८ असार २२ गते १४:५९

कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा एक सात थप गरेको छ । प्रशासनले सूचना जारी गर्दै जारी निषेधाज्ञा आगामी साउन १ गते सम्म लम्बिएको जनाएको हो । यसअघि थप गरिएको निषेधाज्ञा असार २३ गते सकिँदै छ ।

प्रशासनको सूचना अनुसार बिभिन्न बैठक, तालिम, गोष्ठी, सेमिनारका लागि २५ जना मात्रै उपस्थित हुन पाउने छन् । होटेल, रेस्टुरेन्ट, फास्ट फुट, खाजा तथा चिया पसलहरु बिहान ५ बजे देखि राति ८ बजे सम्म सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ ।

प्रशासनबाट स्वीकृति लिएर जिल्ला भित्र र बाहिर प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न पाउने छन् । कार जिप, भ्यान र ट्याक्सीमा चालकसहित बढिमा ४ जना र अटोमा चालकसहित ३ जना यात्रा गर्न पाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया