राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार प्रदान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, २०७७ लगायत विभिन्न राष्ट्रिय पुरस्कारबाट आज स्रष्टा र व्यक्तित्वलाई पुरस्कृत गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा जनही एक लाख राशिका ‘भगत सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार’, महाकवि देवकोटा राष्ट्रिय पुरस्कार’, ‘गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार’ आदि पुरस्कार प्रदान गरेका हुन् ।
ती पुरस्कार चयनका लागि गठित विभिन्न चयन समितिको सिफारिशका आधारमा गत वैशाख ५ गते पुरस्कार पाउने प्रतिभा घोषणा गरिएको थियो । महाकवि देवकोटा पुरस्कार साहित्यका विभिन्न विधामा गरी पाँच स्रष्टालाई तथा प्रदेशगत आधारमा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, २०७७ बाट विभिन्न विधामा स्रष्टालाई पुरस्कृत गरिएको थियो ।
सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार’ पुरनसिंह दयाल, बैतडी, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जागरण मिडिया सेन्टरलाई प्रदान गरियो । ‘गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार’ प्रा डा देवीप्रसाद सुवेदी, लमजुङ र स्नेह सायमी, काठमाडौँलाई दिइयो ।
महाकवि देवकोटा राष्ट्रिय पुरस्कार त्रिलोचन आचार्य, ठाकुरप्रसाद पराजुली, रामभरोस कापडी भ्रमर, बुँद राना र मोहन दुवाललाई प्रदान गरियो ।













नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो युनियन–पे कार्ड सेवा
प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूतको शिष्टाचार भेट
टिचिङ अस्पतालले बन्द गर्यो स्वास्थ्य बीमा कार्यक्रम
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
निर्वाचन आचारसंहिता कार्यान्वयनमा शून्य सहनशीलता अपनाइन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया