शनिबार, वैशाख १९, २०८३

संगीत तथा नाट्यतर्फको राष्ट्रिय प्रतिभा पुरस्कार वरिष्ठ हास्य कलाकार मनकृष्ण श्रेष्ठलाई

मेरोन्यूज २०७८ असार २५ गते १९:३१

काठमाडौं । यसवर्षको राष्ट्रिय प्रतिभा पुरस्कार भाषा साहित्यतर्फ गोपीकृष्ण गौतम, संगीत तथा नाट्यतर्फ मदनकृष्ण श्रेष्ठ, डा संस्कृतितर्फ कैलाश प्याकुरेल, ललितकलातर्फ हरिप्रसाद शर्मालाई प्रदान गरिएको छ ।

Advertisement
NiccNicc

यसैगरी महाकवि देवकोटा पुरस्कार पाँच जनालाई, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार तीन जनालाई र गोपाल प्रसाद रिमाल राष्ट्रिय पुरस्कार दुई सर्जकलाई प्रदान गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले चार विधागत क्षेत्रका स्रष्टालाई जनही एक लाख राष्ट्रिय प्रतिभा पुरस्कार र सातवटै प्रदेशबाट चारवटै विधागत क्षेत्रका स्रष्टाहरुलाई रु पचास हजार नगदको प्रादेशिक प्रतिभा पुरस्कार र सम्मानपत्रबाट सम्मानित सम्मानित गरे ।

सो अवसरमा प्रधानमन्त्री ओलीले आआफ्ना सिर्जनाहरुले सामाजिक उत्थानका लागि योगदान गरुन् भन्नेमा ध्यान दिन सर्जकहरुलाई आह्वान गरे ।

प्रतिक्रिया